सिलगडी । ‘गणतन्त्रको रक्षा गरौँ’, ‘प्रदेश सरकार खारेज गरौँ’, ‘भ्रष्टाचारको अन्त्य गरौँ’ मूल नाराका साथ २०७७ मङ्सिर १६ गते राष्ट्रिय जनमोर्चा केआइसिंह गाउपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिममा प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको छ ।
कार्यक्रममा देश र स्थानीय तहमा हुने भ्रष्टाचार, बढ्दो महङ्गीका विरुद्ध र गणतन्त्रको रक्षाका लागि सङ्गठित भएर व्यापक कार्यक्रम गर्ने योगीको भनाइ थियो । ‘प्रदेश सरकार भनेको शरीरमा रहेको तर काम नलाग्ने गलगाँड हो । यो राज्यको अङ्ग भएर पनि त्यसको कुनै काम छ भनेर पुष्टि हुने आधार छैन’ उहाँले भन्नुभयो ।
भेलाले हरिप्रसाद भट्टराईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको अन्य पदाधिकाराीमा उपाध्यक्ष कविराज जोशी, सचिव डबल तिरुवा, कोषाध्यक्ष मनधरी भट्ट र सहसचिव रामचन्द्र भट्ट रहनुभएको थियो । त्यस्तै, सदस्यहरूमा जयराम मल्ल, प्रेमनाथ योगी, परेली नेपाली, शङ्कर विक, कृष्ण पुनमगर, शिवराज भट्ट, उमाकान्त जोशी, केशव खड्का, लालबहादुर बिठाडी, लक्ष्मण भन्डारीलगायत रहनुभएको छ ।
भेलाले सल्लाहकारमा महानन्द भट्ट, तारासिं बलायर, ईन्द्रा धामी, सिद्धसिं विक, विश्वराज जोशी रहनुभएको छ ।