• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संघीयता बारेका भ्रमहरु साफ भएका छन्, अब खारेज गर्न ढिला नगरौं : केसी


  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयताबारे सुरुमा केही भ्रमहरु भएपनि अब ती भ्रम साफ भएको जनाएको छ । करिब डेढ दशकको अवधिमा संघीयताका दुष्परिणामहरु देखिएको भन्दै राजमोले देश र जनताको कल्याणका लागि जतिसक्दो छिटो खारेजीमा जोड दिएको छ ।

    Advertisement

    मंगलबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी देशको अखण्डतामाथि नै आँच पुर्याईरहेको तथा विकास निर्माणका खर्च कटौती गरी संघीयता धान्न परिरहेको भन्दै अब संघीयता खारेज गरी यसको खर्च कोरोना उपचारमा लगाउनुपर्ने बताउनुभएको छ ।

    वक्तव्यमा अध्यक्ष केसीले जनस्तरबाटै संघीयताको विरोध हुन थालेकोमा खुशी पनि व्यक्त गर्नुभएको छ । उहाँले मंसिर १४ गतेको कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद पनि दिनुभएको छ ।

    यस्तो छ वक्तव्य
    राष्ट्रिय जनमोर्चा, केन्द्रीय समितिको आव्हानमा मंसिर १४ गते संघीयताको खारेज गर्न र कोरोना भाइरसको प्रकोपको रोकथाम तथा उपचारमा सरकारले प्रभावकारी काम गर्न नसकेको विषयमा देशव्यापी रुपमा विरोध सभाका कार्यक्रमहरु भव्यरुपमा सम्पन्न भएका छन् । उक्त कार्यक्रमहरु सफल पार्न लागेका पार्टी समिति, पार्टीका साथीहरु र जनसमुदायहरुलाई हार्दिक धन्यवाद छ ।

    संघीय शासन प्रणाली नेपालको लागि सही व्यवस्था होइन । सुरुका दिनमा संघीयताबारे भ्रमहरु थिए । आज व्यवहारमै संघीय शासन प्रणाली बेठिक मात्र होइन, यसका कैयन दुष्परिणामहरु देखिएका छन् । पहिलो कुरा त यसले देशको राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ । दोस्रो कुरा अनावश्यक र अनुचित संघीय शासन प्रणाली चलाउन ठूलो धनराशी खर्च गर्न परिरहेको छ । यो खर्च चलाउन विकाश निर्माणको खर्च कटौती भएको छ र देशका विकास निर्माण कुण्ठित हुन पुगेका छन् । हामीले अहिले नै संघीय प्रणाली खारेज गरेर यसमा हुने गरेको खर्च कोरोना भाइरसको रोकथाम र उपचारमा खर्च गर्न माग गरेका थियौँ । यो डेढ दशकको समयमा संघीय प्रणालीको कुनै आवश्यकता र औचित्य देखिएन । यसले शासन प्रणालीलाई झण्झटिलो पनि बनाएको छ । अब जनस्तरबाटै संघीयताको विरोधमा आवाजहरु उठेका छन् । हामीले यो प्रणाली खारेज गर्न संसदमा संविधान संशोधन प्र्रस्ताव राखेका छौँ । काम गर्ने दौरानमा व्यक्ति वा राजनीतिक दलबाट पनि गल्ती कमजोरी हुन्छन् । त्यस्ता गल्ती कमजोरीलाई ढाकछोप गर्ने होइन कि तिनलाई सुधार गर्नु नै महानता हुन्छ । हामीले जतिसक्यो चाडो संघीयताको खारेज गर्दछौँ, त्यति देश र जनताको कल्याण हुनेछ । त्यसको लागि हामीले देशका सबै राजनीतिक शक्तिहरुलाई हार्दिक आव्हान गर्दछौँ ।

    कोरोना भाइरसको प्रकोप नेपालमा बढेर गएको छ । यसमा ठूलो धनराशी खर्च भएको सरकारले बताएको छ । कोरोनाको उपचार खर्चको दायित्वबाट सरकार पन्छिन खोज्दै छ । सरकारले कोरोनाको रोकथाम तथा उपचारमा राम्रो भूमिका खेल्न सकेन । त्यसको लागि छुट्याइएको रकममा समेत भ्रष्टाचार भएका तथ्यहरु बाहिर आएका छन् । त्यसलाई रोक्न र दोषीलाई कारबाही गर्न सरकारले कदम चालेको छैन । भ्रष्टाचारमा देश नै बदनाम भएको छ ।

    उपरोक्त दुईवटा विषयहरुमा विरोध प्रकट गर्न हामीले आव्हान गरेका थियौँ । त्यसमा पार्टीका साथीहरु एवं आम जनमुदायहरुको सहयोग र सहभागिता भएर सफलतापूर्वक सम्पन्न गरेकोमा पुनः धन्यवाद ज्ञापन गर्दछौँ ।

    मितिः २०७७ मंसिर १६
    चित्रबहादुर केसी
    अध्यक्ष

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.