नवराज पौडेल, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा विरोध सभा सम्पन्न गरिएको छ । राजमोले संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम गरेको हो ।
संघीयताको खारेज गर , राष्ट्रियताको रक्षा गर, भष्टाचारको अन्त्य गर , कोरोना भाइरसमा भएको लापरबाहीको अन्त्य गर, जस्ता नारा सहित जिल्लाको चार नम्वर जितपुर लगाएतका स्थानमा विरोधका कार्यक्रम गरि कोण सभा सम्पन्न गरेको राजमो कपिलवस्तुले जनाएको छ ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले संघीयता पूर्णरुपमा असफल भएको व्यवहारिक रूपमा नै पुष्टि भई सकेकोले खारेज गर्न सबै नेपाली जनता एक भई लाग्नु पर्ने बताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य केरसिंह अदैले दुई तिहाई बहुमतको सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारामा मात्र सिमीत भएको र भष्टाचार, महंगी, बेरोजगारीमा परिणत भएको भन्दै संघीयताकै कारण भष्ट्राचारमा नेपाल एसियाकै प्रथम भएको बताउँदै नेपाली जनताको भविष्य अन्धकार तिर गइरहेको बताउनु भयो ।
त्यस्तै, अखिल नेपाल व्यापार संघ, कपिलवस्तुका अध्यक्ष झविलाल गौतमले देशमा भष्टाचार, महंगी, बेरोजगार बलात्कार जस्ता जघन्य अपराध बढी रहँदा समेत प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस समेत मौन बस्नुले कांग्रेसप्रति जनताको विश्वासमा कमि आएको बताउनु भयो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाअध्यक्ष चेतनारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।