• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

वैदेशिक ऋणको भारले देश थिचियो, अब संघीयता धान्न सकिँदैन : पौडेल


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले देशले अब संघीयता धान्नै नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । संघीयता धान्न लिइएको वैदेशिक ऋणले देशलाई थिच्दै गएको भन्दै पौडेलले अब संघीयताको भारी बिसाउने बेला आएको बताउनुभएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको संघीयता विरुद्धको कार्यक्रम अन्तर्गत प्युठानको खलंगा बजारमा आयोजित सभालाई सम्बोधनज गर्दै प्युठानका सांसदसमेत रहेकी राजमो प्रवक्ता पौडेलले देशमा देखिएका धेरै समस्याको कारक संघीयता भएको उल्लेख गर्नुभयो । उहाँले संघीयताको खारेजी नै अहिलेको विकल्प भएको स्पस्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो ‘अहिले देशमा गम्भीर आर्थिक संकट पैदा भएको छ, वैदेशिक ऋण थपिँदै गएको छ, अब देशले संघीयता धान्न सक्दैन, यो उखेलेर फ्याँक्नुपर्छ । यसका लागि नेपाली जनता बेलैमा सचेत हुनुपर्दछ ।’

    उहाँले कोरोनाको बेला सरकारले उपचार र राहतका कार्यक्रम ल्याउनुको साटो सरकारका मन्त्रीहरु भ्रष्टाचारमा केन्द्रित हुनु दुर्भाग्य भएको जिकिर गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेकपा भित्र देखिएको आन्तरिक किचलोले देशलाई गम्भीर क्षति हुने औल्याउँदै सत्तारुढ दललाई आन्तरिक सहमतिबाट निकास खोज्न आग्रह गर्नुभयो ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खड्का, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, अखिल (छैठौं)का केन्द्रीय सचिव सुवाश जिसिले समेतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय प्रमुख केशब आचार्य, मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली, जातीय समता समाजका गोपाल नेपाली राष्ट्रिय जनमोर्चाका नेता ध्रुब थापा, अन्टुकका सुरेश श्रेष्ठ, अखिल नेपाल महिला संघकी पद्मा पण्डित, अखिल नेपाल किसान महासंघका मिनबहादुर केसी लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष इमानसिंह खड्का, स्वागत जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र संचालन जिल्ला सचिव विदुर मल्लले गर्नुभएको थियो ।

    संघीयता, कोराना भाइरस, राष्ट्रियता र भ्रष्टाचारका सन्दर्भमा सरकारले अपनाएको गलत नीति र कार्यक्रमका विरुद्ध राजमोले देशब्यापी विरोधसभाको कार्यक्रम आयोजना गरेको हो ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.