काठमाडौं । राजावादीहरुले बुधबार पोखरा र जनकपुरधाममा आफ्नो शक्ति प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट जम्मा भएका राजावादीहरुले मोटरसाइकल र गाडीमा हुइँकिएर नारा लगाएका थिए ।
पोखराको अमरसिंह चोकबाट सुरु भएको जुलुस चिप्लेढुंगामा आएर सभामा परिणत भएको थियो । जुलुसमा पेट्रोल र खाजा खर्चको लोभमा मोटरसाइकल हुँइक्याउने युवाहरुको बाहुल्यता थियो भने साधु–सन्तहरुको पनि सहभागीता थियो।
पोखरामा गायक प्रयत्न श्रेष्ठले मञ्चमा उक्लिएर ‘श्रीमान गम्भीर’ बोलको पहिलाको राष्ट्रियगानसहित ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत गाएका थिए ।
यता नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै राजावादी समूहले जनकपुरधाममा पनि शक्ति प्रदर्शन गरेका छन् ।
हालैका दिनमा राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो तथा सरकारको असक्षमताबाट राजावादीहरु उत्साहित देखिएका छन् । उनीहरुले राजतन्त्र फर्काउनुपर्ने मागसहित केही दिन अघि धनगढीमा समेत प्रदर्शन गरेका थिए ।