काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता मोहनप्रसाद पाण्डेले सङ्घीय संसद प्रतिनिधि सभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
Advertisement
समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा सपथ ग्रहण गर्नुभएको हो ।
पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराउनुभएको हो । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली काङ्ग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो ।
काङ्ग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।