• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

राष्ट्रियतालाई तिलाञ्जली दिएर ओलीले साम्राज्यवादीसँग साँठगाँठ गरे : उपाध्यक्ष आलम


  •   आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमले बर्तमान सरकार सत्ता जोगाउन विदेशी साम्राज्यवादीहरुलाई खुशी पार्न लागिपरेको बताउनुभएको छ ।

    Advertisement

    २२ राजनीतिक दलको संयुक्त आयोजनामा आइतबार बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उपाध्यक्ष आलमले सत्ता रक्षाका लागि ओली सरकार साम्राज्यवादीहरुका विभिन्न सर्त स्वीकार गर्दै हिँडेको आरोप लगाउनुभयो ।

    नेता आलमले प्रचण्ड–माधव गुटबाट आफ्नो सत्ता जोगाइराख्न प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई तिलाञ्जली दिएर भारत र अमेरिकी साम्राज्यवादसँग साँठगाँठ गरिरहेको बताउनुभयो ।

    ‘केपी ओलीलाई आफ्नो सत्ता उनकै पार्टीको अर्को गुटले खोस्छ कि भन्ने ठुलो पिर छ’ आलमले भन्नुभयो, ‘त्यसकारण सरकार भारतीय साम्राज्यवादको सेवा गर्न कालापानी लगायतका अतिक्रमित भूमिको कुरा गर्न छोडेको छ भने अमेरिकी साम्राज्यावादलाई खुशी पार्न एमसीसी पास गर्न लागिपरेको छ ।’

    नेता आलमले सरकार भ्रष्टाचारीहरुको संरक्षक बनेको आरोप पनि लगाउनुभयो । दुई तिहाईको शक्तिशाली सरकारले जनताका लागि धेरै काम गर्नसक्ने वातावरण भएपनि सरकारका मन्त्रीहरु आफैँ भ्रष्टाचारमा चुर्लुम्म डुबेको उहाँले बताउनुभयो ।

    रुपन्देहीमा क्रियाशील ९ दलको आयोजनामा बुटवलमा एमसीसी लगायतका असमान सन्धिसम्झौताको खारेजी, कालापानी–लिपुलेक–लिम्पियधुरालगायतको देशको अतिक्रमित भूमि फिर्ता, कालापानिबाट भारतीय सेना फिर्ता, भ्रष्टाचार, महङ्गीको विरोध, लगायतका विषय समेटी विरोध प्रदर्शन भएको हो ।

    कार्यक्रममा नेकपा (मसाल) का रुपन्देहीका प्रवक्ता नारायण जिसी, नेकपा (क्रान्तिकारी माओवादी) का नेता समीर केसी, नेकपा (माले) का लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त आचार्य, देशभक्त जनतान्त्रिक मोर्चाका सचिव मदिम वली, राष्ट्रिय जागरण परिषद् नेपालका केन्द्रीय सदस्य चित्रबहादुर थापाले सम्बोधन गर्दै यो संयुक्त आन्दोलन कुनै पार्टी विशेष नभई राष्ट्रियता, जनतन्त्र, जनजीविकाको आन्दोलन भएकोले सम्पूर्ण जनता एकजुट भएर आन्दोलन सहभागिताका लागि आग्रह गर्नुभएको थियो।

    आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.