• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

‘बालबालिकाको सुरक्षा र भविष्यप्रति सरकार गैरजिम्मेवार’


  •   आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले बालबालिकाको सुरक्षा र भविष्यप्रति सरकार गैर जिम्मेवार बनेको आरोप लगाएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनले बालबालिकाहरुमाथि हुने हिंसाका घटना विकराल बन्दै गएको भन्दै राजमोले सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    आइतबार विज्ञप्ति प्रकाशित गरी राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले आइतबार विज्ञप्ति प्रकाशित गरी ‘ठूलो संख्यामा बलात्कार तथा यौन हिंसामा बालिकाहरु पीडित हुनु, बालकहरुसमेत यौनहिंसाको सिकार हुनुले बालबालिकाको सुरक्षामाथि ठूलो जोखिम’ देखिएको बताउनु भएको छ ।

    यस्तै, राजमोले हालसम्म विद्यालय सञ्चालन नभएको र पढाइसमेत नभएको अवस्थामा विद्यार्थीहरुबाट शुल्क असुल गरेर लुट मच्चाइएको भन्दै शुल्क असुल गर्ने विद्यालयहरु उपर कारबाही गर्न माग गरेको छ ।

    यस्तो छ वक्तव्य
    राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौनजन्य हिंसाको बारेमा सार्वजनिक गरेको प्रतिवेदनमाथि राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । परिषद्को प्रतिवेदन, विद्यालय सञ्चालन तथा शिक्षणसंस्थाले विद्यार्थीबाट शुल्क असुल गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १) नेपालमा बालिकाहरुमाथि बलात्कारका घटनाहरु विकरालत बन्दै गएको देखिएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा १ हजार ३ सय ९३ बालिका बलात्कारबाट पीडित भएको देखिएको छ । त्यसमध्ये २५ बालिकाहरु सामूहिक बलात्कारको सिकार भएका छन् । दश वर्ष मुनिका २ सय ७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा ५ जना बालकहरुसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको छ ।

    २) ठूलो संख्यामा बलात्कार तथा यौन हिंसामा बालिकाहरु पीडित हुनु, बालकहरुसमेत यौनहिंसाको सिकार हुनुले बालबालिकाको सुरक्षामाथि ठूलो जोखिम रहेको देखिन्छ । बलात्कारका घटनाले खाली बालिकाहरु र परिवारलाई मात्रै नभएर सिंगो समाजमा असुरक्षा र आतंकको वातावरण सिर्जना गर्छ । यति विकराल स्थितिमा राज्यले बलात्कार र यौनजन्य हिंसा हुन नदिन कुनै कार्यक्रम अगाडि नल्याइनु खेदजनक कुरा हो । सरकार बालबालिकाहरुको सुरक्षा र भविष्यप्रति अत्यन्तै गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

    ३) बालबालिकाहरु अपहरणपछि हत्या, उनीहरुको बेकसुर हत्या र बेचविखनमा समेत परेका छन् । ५७ बालबालिकाको त्यसरी हत्या भएको छ । आफ्नै बुबाआमाले १७ बालबालिकाको हत्या गरेका छन् । यसले समाजको हिंसात्मक चरित्र बढ्दै गएको देखाउँछ । देशभर ८ हजार भन्दा धेरै बालिकाहरु हराएका छन् । यो देश र सिंगो समाजको निकै ठूलो चिन्ताको विषय हो । कतिपय अवस्थामा परिवारहरु पनि गैरजिम्मेवार भएको देखिन्छ ।

    ४) यसै सन्दर्भमा यो पनि उल्लेखनीय छ कि बागमती गाउँपालिका मकवानपुरका १४ वर्षीय बालकले ४ वर्षीया बालिका रुविना पाख्रिनको बलात्कारपछि हत्या गरेका छन् । १४ वर्षको बालकमा कसरी बलात्कार र हत्याको मानसिकता विकास भइरहेको छ भन्ने ठूलो चिन्ताको विषय हो । त्यही उमेरका कैयौं बालबालिकाहरु लागुऔषधको दुव्र्यसनीमा फसेका र अपराधका घटना घटाइरहेका छन् । यी घटनाहरुको समाजशास्त्रीय अध्ययन गरेर समस्या समाधानका उपायहरु अबलम्बन गर्नुपर्दछ ।

    ५) बलात्कार र यौनजन्य हिंसामा परेका बालबालिकाहरुको सुरक्षा, पढाइलेखाइ र भविष्य निर्माणमा राज्यले कुनै सहयोग नगर्नुले राज्य भविष्यका कर्णधारमाथि अत्यन्तै गैरजिम्मेवार भएको पुष्टि हुन्छ । अपराधीलाई कारवाही गरेर मात्रै समस्याको समाधान हुँदैन । समाजमा सुरक्षाको वातावरण सिर्जना गर्न, जनचेतना जगाउन र हिंसामा परेका बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न तत्काल उचित कदम चाल्नको लागि सरकारसँग माग गर्दछौं ।

    ६) सरकारले कोभिड संक्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसको हामीले समर्थन गर्दछौं । हालसम्म विद्यालय सञ्चालन नभएको र पढाइसमेत नभएको अवस्थामा विद्यार्थीहरुबाट शुल्क असुल गर्ने कार्य अभिभावकमाथि गरिएको ठूलो लुट हो । पढाइ नभएको पैसा असुल गर्ने विद्यालयलाई कारवाही गर्न माग गर्दछौं ।

    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

    आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.