• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

‘नेकपाभित्रको गालीगलौज निम्न सांस्कृतिक स्तरको परिणाम’


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको गालीगलौज उनीहरुको निम्न सांस्कृतिक स्तरको परिणाम भएको बताएको छ । नेकपाका नेताहरु एक अर्कालाई निम्नस्तरको गालीगलौजमा उत्रिएको र त्यसबाट आफ्नो पार्टी दुःखी बनेको मसालले जनाएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गत मंसिर २ गते प्रेसित गर्नुभएको वक्तव्यमा अहिले नेकपाभित्र रहेका विभिन्न घटकहरुले गतकालमा आफ्नो पार्टीविरुद्ध यस्तै गालीगलौज र चरित्रहत्या गर्ने गरेको स्मरण गर्नुभएको छ ।

    तर, त्यसरी गालीगलौजमा उत्रिनेविरुद्धसमेत मसालले कहल्यै पनि व्यक्तिगत आक्षेप र गालीगलौज गर्ने नगरेको महामन्त्री सिंहले स्पष्ट पाुर्नभएको छ । मसालले पार्टी विरुद्धको हमलाको जवाफ राजनीतिक रुपमै दिने गरेको बताउँदै पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्ने जनाएको छ ।

    महामन्त्री सिंहले प्रेसित गर्नुभएको वक्तव्यको बुँदा नं ६ मा लेखिएको छः
    ‘नेकपाभित्र व्यक्तिगत रूपमा एकर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । त्यस प्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो । हाम्रो पार्टी पनि त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याकोे धेरै पल्ट सिकार भएको छ । गत कालमा स्वयम् अहिलेको नेकपाका विभिन्न घटकले अत्यन्त तल्लोस्तरमा उत्रेर गालीगलौजद्वारा हामीमाथि आक्रमण गर्ने गरेका छन् । त्यही प्रकारको संस्कृति अहिले नेकपाको शीर्षस्थ नेतृत्वतहमा पनि पुनरावृत्ति भएको छ । तर हामीले यो दाबी गर्दछौँ कि हाम्रो पार्टी कहिल्यै पनि त्यस प्रकारको निम्नस्तरको राजनीतिक–सांस्कृतिक धरातलमा उत्रने गरेको छैन । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्र“वामपन्थी”, “मध्यपन्थी”, गद्दार, राजापरस्त, काङ्ग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्द हुन्स र, तिनीहरूलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपको रूपमा लिनु सही हुने छ्र्रैन । हाम्रो पार्टीका करिब साढे ६ दशकका दस्तावेज, लेख वा वक्तव्यको अध्ययन गर्ने हो भने तिनीहरूमा कसैलाई पनि गालीगलौज गरेको, व्यक्तिगत आक्षेप लगाएको वा चरित्रहत्या गरेको एउटा पनि शब्द पाइने छैन, यद्यपि हाम्रा विरुद्ध त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याको साहित्यको प्रचूरता छ । हाम्रो पार्टीका विरुद्ध अहिले पनि कतिपय पक्षले त्यसरी निम्नस्तरमा उत्रेर हमला गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् । हाम्रा अगाडि त्यस प्रकारका निम्नस्तरका आक्षेप लगाउनेका विरुद्धको जवाफमा पनि हामीले त्यस प्रकारको आरोप लगाउने गरेका छैनौँ । हाम्रो पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्दछ ।’

    वक्तव्यको पूर्णपाठ यहाँ हेर्नुहोस् : नेकपामा फुट भए त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा : मसाल

    यो पनि : झूठा अभियोग र लाञ्छनाहरु सहन्छु भन्ने नसाेचे हुन्छ, उचित जवाफ दिन्छु : प्रधानमन्त्री ओली

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.