काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । सोमबार गरिएको परीक्षणमा उहाँको अवस्था सामान्य देखिएको अस्पतालले जनाएको छ ।
Advertisement
कोरोना संक्रमणसहित विभिन्न समस्याबाट ग्रस्त भइ मेडिसिटी अस्पतालमा उपचाररत अध्यक्ष केसीलाई आज पाचौँ तथा अन्तिम डोज रेम्डेसिभिर दिइएको उहाँका भतिजा तुफान केसीले जानकरी दिनुभयो ।
अब आज उहाँको स्वाब लिइ पीसीआर परीक्षण गरिनेछ । त्यसको रिपोर्ट निगेटिभ आएमा भोलि नै उहाँलाई डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको भतिजा तुफान केसीले बताउनुभयो ।
पेटको दीर्घरोगसँगै डायरिया, निमोनिया, कोरोना संक्रमणबाट ग्रस्त भएपछि अध्यक्ष केसीलाई अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।