दाङ । राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल किसान महासङ्घ दाङ जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको छ ।
Advertisement
किसान महासङ्घको केन्द्रीय कार्यक्रमअन्तर्गत आज देशैभरिका लागि निर्धारण गरिएको कार्यक्रम दाङमा सम्पन्न भएको हो ।
जिल्लाध्यक्ष मिनु सुवेदीले मागपत्र वाचन गरी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मागपत्र बुझाउनुभएको थियोे ।
मागपत्र बुझाएपछि जिल्ला प्रसासन कार्यालय बाहिर विरोध कार्यक्रम भएको थियोे । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र किसान महासङ्घका जिल्ला अध्यक्ष मिनु सुवेदीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव चन्द्रबहादुर केसीले गर्नुभएको थियोे ।