• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

अध्यक्ष केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने, राजमोले रोक्यो आर्थिक संकलन


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । बिरामी भएर मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीको उपचारमा लाग्ने सबै खर्च ब्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

    Advertisement

    मन्त्री ज्ञवालीले अध्यक्ष केसीको स्वास्थ्यलाभको कामनासहित मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउनुभएको राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई युगदर्शनलाई बताउनुभयो ।
    मन्त्रिपरिषदको निर्णयसहित राजमोले अध्यक्ष केसीको उपचारका लागि सुरु गरेको आर्थिक संकलन रोकेको छ ।

    यसैबीच राष्ट्रिय जनमोर्चाले एक वक्तव्य प्रकाशित गरी उहाँको स्वास्थ्यलाभको कामना गर्ने तथा उपचारका लागि सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै थप सहयोग नगर्न आग्रह गरेको छ ।

    उपाध्यक्ष पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ–
    ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष क. चित्रबहादुर केसी कोरोना भाइरसको पोजेटिभ देखिएर ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको कुरा पहिले सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारणले भन्दा निमोनियाका कारणले उहाँको स्वास्थ्यअवस्था गम्भीर हुँदै गइरहेको छ । पहिलेदेखि नै उहाँ दीर्घरोगी भएको र बृद्धावस्थासमेतको कारणले कमजोर हुँदै गइरहनुभएको थियो । हामीले आशा र कामना गर्दछौं, उहाँलाई छिटो स्वास्थ्यलाभ हुनेछ ।

    उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपील गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं ।’

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.