चितवन । भरतपुर महानगरपालिकामा निर्माधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरले चार करोड रुपैयाँ सहयोग गरेको छ ।
Advertisement
यस अघि दुई करोड प्रदान गरेको महानगरले शुक्रबार थप दुई करोड रुपैयाँ सहयोग गरेको छ । महानगर प्रमुख रेणु दाहालले सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेकी छन् ।