• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र बाइडन कसले जित्दा नेपाली मूलका आप्रवासीमा कस्तो प्रभाव ?


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • नारायण श्रेष्ठ

    Advertisement

    अहिले विश्वकै ध्यान मंगलवार (नोभेम्बर ३) मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले तानेको छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र भूतपूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    चुनावअघिका मत सर्वेक्षणहरूमा बाइडन अगाडि देखिन्छन् । यसपालि ऐतिहासिक रूपमा करोडौँ मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गर्न पाउने सुविधाअन्तर्गत चुनावको दिन अगाडि नै मत दिइसकेका छन् ।

    नेपालमा पनि अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ।

    चुनावको पूर्वसन्ध्यामा कस्तो वातावारण ?
    अमेरिकाका ५० वटा राज्य र वाशिङ्टन डीसीमध्ये कतिपय स्थानमा चाँडो मत हाल्न पाउने सुविधाअन्तर्गत धेरैले मतदान गरिसकेका छन् । अहिले नोर्थ क्यारलाईना, विस्कन्सिन, पेन्सल्भेनिया, मिशिगनजस्ता केही राज्यमा प्रचारप्रसार केन्द्रित देखिन्छन् किनभने तिनले नै चुनावको नतिजा कतापट्टि ढल्किन्छ भन्नेमा विशेष प्रभाव पार्ने ठानिन्छ ।

    चाँडो हालिएका मतपत्रहरू कसरी गणना गरिन्छ वा कति छिटो तिनको गणना हुन्छ भन्नेबारे पनि प्रश्नहरू उठेका छन् । गणनापछि नतिजा चुनावको दिनलगत्तै आउँछ कि आउँदैन भन्नेमा पनि धेरै चासो देखिन्छ ।

    डोनल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल अर्को चार वर्षले थपिन्छ कि बाइडनले जित्नेछन् भन्नेबारे कताकता डर र चिन्ताको मानसिकता अमेरिकी मतदातामा देखिन्छ ।

    कुन मुद्दामा धेरै केन्द्रित भएको छ यो चुनाव ?
    विश्वमै सबैभन्दा धेरै संक्रमित र मृत्यु भएको हुनाले यहाँ कोभिड(१९ नै यसपालि प्रमुख मुद्दा बनेको छ । यसलाई वर्तमान प्रशासनले कसरी व्यवस्थापन गरेको छ अनि त्यो सही छ कि छैन भन्ने बहस भएका छन् ।

    कोभिडसँग जोडिएका स्वास्थ्यका अन्य मुद्दामा रिपब्लिकन र डेमोक्र्याटिक दलका अजेन्डा के छन् भन्ने पनि प्रमुख चासो बनेको छ ।कोभिडकै कारण निकै अप्ठेरोमा परेको अर्थतन्त्र दोस्रो प्रमुख चासोमा छ ।

    अर्को प्रमुख मुद्दा आप्रवासीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै छ ।अमेरिका संसारकै सबभन्दा धेरै आप्रवासी आउने मुलुक पनि हो ।

    त्यसपछि धेरैले चासो राख्ने अर्को मुद्दा भनेको अमेरिकाको विश्वमञ्चमा प्रभाव र हैसियतको निरन्तरता पनि हो । ट्रम्पको कार्यकालमा अमेरिका प्यारिस जलवायु सम्झौताजस्ता बहुपक्षीय सम्झौताबाट अलग्गिएको थियो ।

    नेपाली मूलका अमेरिकी नागरिकको चासो कस्तो ?
    अमेरिकामा नेपाली र नेपालीभाषी भुटानी गरी लगभग पाँचलाख नेपालीभाषी भएको अनुमान छ । स्वभावैले अलि उदार मुद्दाहरूमा यो समुदायको केही बढी झुकाव देखिन्छ ।

    उदाहरणका लागि योभन्दा पहिले अमेरिकी नागरिक वा गैरनागरिक नेपालीहरूले पनि आफ्ना परिवारका सदस्यका लागि यहाँको स्थायी बसोबास सुविधा वा ग्रीनकार्ड लिँदाखेरि दुई(तीन पन्नाको निवेदन दिए पुग्थ्यो ।

    तर अहिले १२–१५ पन्ना भर्नुपर्छ । त्यो खालको अप्ठेरोदेखि लिएर विद्यार्थीहरूले कति घण्टा काम गर्न पाउने भन्ने जस्ता विषय यो समुदायको चासोमा परेका छन् । अर्कोतिर साना व्यापार व्यवसाय गर्नेहरूका निम्ति चाहिँ सरकारले यो कोभिडका कारण परेको प्रभावबाट जोगिन के कस्तो राहत दिन सक्छ वा ऋणको ब्याजदर के हुन्छ भन्ने कुरामा ध्यान दिइरहेका छन् ।

    ट्रम्पले वा बाइडनले जिते त्यसको अमेरिकामा र अन्यत्र कस्तो असर पर्ला ?
    अमेरिकाभित्र ट्रम्पको थप चारवर्षे कार्यकाल भयो भने रङ्गको आधारमा गरिने राजनीति सम्भवतः अझ बढी जब्बर भएर आउन सक्छ । त्योबाहेक आप्रवासीहरूलाई हेरिने सवाल, अर्थतन्त्र र अमेरिकी(केन्द्रित रोजगारी प्रमुख भएर आउँछन् होला ।

    अन्तर्राष्ट्रिय सन्दर्भमा थप चार वर्षको ट्रम्प प्रशासनको अर्थ विश्वमा अमेरिकी उपस्थिति अझै फितलो र पातलो हुँदै अमेरिकी नेतृत्वको अवस्था परिवर्तन हुनसक्छ ।

    बाइडन राष्ट्रपतिमा चुनिए भने चाहिँ डेमोक्र्याटिक पार्टीले अँगाल्ने उदार नीतिहरू आप्रवासी तथा देशभित्रकै जातिय सवालमा मुखरित हुनसक्छ। अन्तर्राष्ट्रिय बहुपक्षीय साझेदारीमा अमेरिका फर्कन सक्छ । अन्तर्राष्ट्रिय सन्दर्भमा चाहिँ बाइडन प्रशासनले शायद अमेरिकाको गुमेको साखलाई जोगाउने कोशिश गर्नेछन् ।

    (पत्रकार नारायण श्रेष्ठसँग बीबीसीले गरेको कुराकानीमा आधारित)

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.