काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता यमलाल कँडेलको नेतृत्वमा आजै अविश्वास प्रस्ताव दर्ता भएको हो ।
Advertisement
प्रदेशसभामा नेकपाका प्रमुख सचेतकसामु बुझाइएको अविश्वास प्रस्तावमा कँडेलसहित १८ सांसदहरूको हस्ताक्षर छ ।
सरकारको कारबाही चित्तबुझ्दो नभएको आसयका साथ उनीहरूले अविश्वास प्रस्तावव दर्ता गराएको दावी गरेका छन् । उनीहरूले प्रस्तावमा सरकारको कामकारबाहीले जनस्तरमा पार्टी र सरकारको उपस्थिति नै फितलो भएकाले मुख्यमन्त्री शाही विरुद्ध यस्तो प्रस्ताव ल्याइएको पनि बताएका छन् ।
अविश्वास प्रस्तावको बेहोरा यस्तो छ :



