• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोभिड संक्रमणको सबैभन्दा बढी मार महिलामाथि : सांसद दुर्गा पौडेल


  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर ।।

    Advertisement

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले कोभिड–१९ सङ्क्रमणको सबैभन्दा बढी मार महिलामाथि परेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘महिला नै परिवारको मुख्य व्यक्ति भएकाले कोभिड–१९ सङ्क्रमणको मार सबैभन्दा बढी महिलामाथि परेको छ ।’

    अखिल नेपाल महिला सङ्घको आयोजनामा २०७७ असोज २४ गते आयोजित “कोभिड–१९ ले महिलाहरूमा पारेको प्रभाव” विषयक भर्चुअल अन्तक्र्रियामा मन्तव्य राख्दै उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

    कोभिड–१९ को सङ्क्रमण बढेयता महिलामाथिको हत्या, हिंसा र बलात्कारजस्ता घटना बढ्दै गएको तर्क गर्दै उहाँले त्यसका पछाडि उपभोक्तावादी दृष्टिकोण जिम्मेवार रहेको बताउनुभयो । ‘महिलालाई उपभोग्य वस्तु ठान्ने उपभोक्तावादी सामाजिक दृष्टिकोण भएकै कारणले बलात्कारजस्ता घटनामा वृद्धि भएको हो’ उहाँले ठोकुवा गर्नुभयो ।

    कोभिड सङ्क्रमणको बेलामा महिलामाथिको हत्या, हिंसा र बलात्कार बढिरहेकाले त्यसको सजायस्वरूप मृत्युदण्डको पक्षमा आवाज उठ्नुलाई उहाँले स्वाभाविक बताउनुभयो । ‘महिला हिंसा अत्यधिक बढेकाले मृत्युदण्डको पक्षमा आवाज उठेको छ, यो स्वाभाविकै हो’ उहाँले भन्नुभयो– ‘तर मृत्युदण्डको व्यवस्था भएको देशमा पनि महिला हिंसाका घटना घटेका छैनन् ।’ उहाँको निस्कर्ष थियो– ‘मृत्युदण्ड नै समस्याको समाधान होइन ।’

    उहाँले अहिले महिलाका विरुद्ध देखा परेका समस्या विशुद्ध उनीहरूको लैङ्गिक समस्या नभएको बताउनुभयो । उहाँले यो सामाजिक समस्या भएकाले सामाजिक रूपान्तरणपछि नै यसको पनि अन्त्य हुने बताउनुभयो ।

    कार्यक्रमको प्रारम्भमा नै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । त्यससँगै अवधारणा उपर मन्तव्य राख्ने क्रम अघि बढेको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले महिलाप्रतिको सामाजिक दृष्टिकोण गलत भएकाले नै हत्या, हिंसा, बलात्कारजस्ता दुव्र्यवहार बढ्दै गइरहेको बताउनुभयो । ‘राज्य उदासिन छ, भएका कानुनको पनि प्रभावशाली कार्यान्वयन हुन सकिरहेको छैन’ प्रवक्ता पुरीले यस सम्बन्धमा सरकारको आलोचना गर्नुभयो । उहाँले महिलामाथिको उत्पीडन साझा समस्या भएकाले त्यसका विरुद्ध संयुक्त आन्दोलन उठान गर्न सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी संयोजक तथा नेकपाका सांसद अमृता थापाले महिलालाई पुरुषजस्तै समान नभएर दोस्रो दर्जाको मानवको रूपमा हेर्ने परम्परागत सामाजिक मानसिकताले गर्दा देशमा अहिलेसम्म बनेका संविधान, ऐनकानुन कार्यान्वयन हुन नसकेको दावी गर्नुभयो । उहाँले जनताका प्रतिनिधिले बनाएका कानुन किन कार्यान्वयनमा जान सकेनन् ? त्यसबारे अनुसन्धान गर्नुपर्ने आवयश्यकतामा समेत जोड दिनुभयो ।

    नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला सङ्ग्रौलाले कोभिड सङ्क्रमणका बेला २० प्रतिशत महिला हिंसा बढेको बताउँदै यसबारे सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । कोभिडका कारण महिलामाथि कामको बोझ मात्रै होइन, आर्थिक भारसमेत बढ्दै गइरहेको उहाँले दावी गर्नुभयो । बलात्कार, कोभिड र भ्रष्टाचारजस्ता तीन  भाइरस सँगसँगै अघि बढिरहेको बताउँदै उहाँले यसका विरुद्ध सबैले मिलेर आवाज उठाउनुपर्ने बताउनुभयो ।

    उपप्राध्यापक डा. लीला न्याइच्याईंले वैदेशिक रोजगारीका कारण समाजमा बालविवाह, बलात्कार, आत्महत्याजस्ता घटना एकदम बढेर गएको आफ्नो अध्ययनको निस्कर्ष सुनाउनुभयो । त्यसमाथि कोभिडका कारणले महिलामाथिका समस्या अरू गम्भीर बनेको उहाँले ठहर थियो । उहाँले सरकार, व्यक्ति र सङ्गठनको कोअर्डिनेसनमा सामाजिक रूपान्तरण गरेर महिलामाथिको विभेद र उत्पीडन समाप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

    महिला सङ्घकी अध्यक्ष मीना पुनको अध्यक्षता तथा महासचिव शकुन्तला रानाको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रम केन्द्रीय कोषाध्यक्ष रितु केसीको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा प्रस्तुत अवधारणा पत्र

    कोभिड–१९ ले महिलाहरूमा पारेको प्रभाव

    शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.