• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसीसी र सीमा अतिक्रमणविरुद्ध पोखरामा १४ दलको प्रदर्शन


  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।
    अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीका लागि संघर्षरत नेकपा (मसाल) लगायतका राजनीतिक दलहरुले आज पोखरामा विरोध प्रदर्शन गरेका छन् । कास्कीमा क्रियाशील १४ राजनीतिक दलको संयुक्त संघर्ष समितिले बुधबार प्रदर्शन गरेको हो ।

    Advertisement

    ‘एमसीसी खारेज गर, सीमा अतिक्रमण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराजुलुशसहित पोखराको पृथ्वीचोकमा सभाको आयोजना गरिएको थियो ।

    सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बर्तमान सरकार दुई तिहाईको शक्तिशाली भएपनि सत्ता टिकाउन एमसीसी लागू गर्न खोजेर अमेरिकाको चाकडी गरेको आरोप लगाउनुभयो । उहाँले जनताको दबाबमा लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपनि सरकारले भारतका अगाडि नतमस्तक बनेर पाठ्यपुस्तक वितरणमा रोक लगाएको बताउनुभयो ।

    नेता बरालले देशमा महंगी, भ्रष्टाचार बढ्दै गएको, चेलिबेटीहरु झन्पछि झन् असुरक्षित हुँदै गइरहेको तर, सरकारले सरकार भएको अनुभुति दिन नसकेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माओबादी) प्रदेश सेक्रेटरी भोजराज त्रिपाठी, नेकपा (माले) का केन्द्रीय सदस्य टेकनाथ भन्डारी, देजमो प्रदेश अध्यक्ष नेत्र रानाभाट, क्रान्तिकारी– माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    नेकपा (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशका सेक्रेटरी केश बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले गर्नु भएको थियो ।

    बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.