अर्घाखाँचीका एक १९ वर्षीय किशोरको भारतको हरियाणा फरिदाबादमा मृत्यु भएको छ ।
Advertisement
मजदुरीका लागि भारत गएका अर्घाखाँचीको मालारानी गाऊँपालिका वार्ड नः५ का ईन्द्रबहादुर कुँवरका छोरा बिवस कुँवरको बुधबार राति मृत्यु भएको हो ।
एक हप्ताबाट हल्का ज्वरो आईरहेकोमा बुधबार साँझ अचानक बेहोस भएपछि उनलाई तुरून्तै हस्पिटल लैजाने क्रममा बाटैमा मूत्यू भएको हरिणाणास्थित नेपाली समूदायले जनाएका छन् ।

