इस्लामवाद । पाकिस्तानमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पमा परी चार जनाको मृत्यु भएको भने ५० भन्दा बढी घाइते भएका छन् ।
पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजे ५.८ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्षतिको विवरण आउन बाँकी छ भने उद्धारकर्मीहरु प्रभावित क्षेत्रमा खटिएका छन् ।
८–१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको समाचार पत्र द डनले उल्लेख गरेको छ।
राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ।
भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्।
हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।
भारतको मौसम विभागले भने भूकम्प ६.३ म्याग्नेच्युड भएको बताएको छ। एजेन्सी
