काठमाडौँ । सिन्धुलीको तीनपाटन गाउँपालिका–८ तिल्पुङडाँडास्थित भिमसेन निमाविका प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले २० वर्षीया युवतीलाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ सिमलचोक बस्ने प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
स्कुलमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०÷१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जङ्गलबाट भण्डारीलाई सकुशल फेला पारी उद्धार गरेको हो ।
प्रतिमाको साथबाट दुई वटा खाली सकेट बम र एक थान सुतली बम बरामद भएको घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।