• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

‘चम्पी’ ताइवानतर्फ, दुई सय बढी उडान रद्द


  •   बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । शक्तिशाली समुद्री आँधी ‘चम्पी’ को प्रभावका कारण ताइवान र जापानका दुर्ई सय बढी उडान रद्द भएका छन् ।

    Advertisement

    ताइवानले बिहीबार स्थलक्षेत्रमा समेत चेतावनी जारीगरेसँगै आँधीको प्रभावस्वरूप अमेरिका र जापानको संयुक्त सैन्य अभ्याससमेत प्रभावित भएको हो ।

    यस वर्ष प्रसान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये ‘चम्पी’ एक मानिएको छ । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो ।

    बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति दुई सय २७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ ।

    मौसम प्रशासनका अनुसार आँधी ताइवानको दक्षिणी टुप्पोबाट करिब पाँच सय २० किलोमिटर दक्षिणपूर्वमा छ । यसको सम्भावित मार्गले ताइवानको उत्तरपूर्वी भाग हुँदै चीनको तटीय क्षेत्रतर्फ मोडिने र अन्तत: जापानको दक्षिणी भागमा प्रवेश गर्ने देखाएको छ ।

    आँधीको प्रभाव क्षेत्रसमेत विस्तार भएर उक्त आँधीको गति करिब तीन सय २० किलोमिटर पुगेको छ । यसले ताइवानको अधिकांश भूभागलाई प्रभावित पार्न सक्ने र यसको असर झन्डै दुई दिनसम्म रहन सक्ने मौसमविद्ले बताएका छन् ।

    तटीय क्षेत्रमा छ मिटरभन्दा अग्ला छाल आउन सक्ने चेतावनी मोबाइल फोनमार्फत जारी गरिएको छ । त्यस्तै, उत्तरी ताइवानका पहाडी क्षेत्रमा, राजधानी ताइपेई आसपाससमेत करिब एक मिटर वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    ताइवानका राष्ट्रपति लाई चिङतेले सर्वसाधारणलाई आँधीको सामना गर्न तत्काल तयारी गर्न आग्रह गरेका छन् । उनले पहाडी तथा तटीय क्षेत्रमा नजान पनि सर्वसाधारणलाई सचेत गराएका छन् ।

    ताइवान र जापान बढी प्रभावित

    आँधीका कारण ताइवानमा बिहीबार १२५ उडान रद्द भएका छन् । तीमध्ये अधिकांश आन्तरिक उडान रहेको यातायात मन्त्रालयले जनाएको छ तर रेलसेवा भने अहिलेसम्म प्रभावित भएको छैन ।

    चम्पी जापानको ओकिनावा प्रान्तअन्तर्गतको पश्चिमी बस्ती रहेको टापु योनागुनी हुँदै अघि बढ्ने पूर्वानुमान गरिएको छ ।

    आँधीको प्रभावका कारण जापानका प्रमुख विमान सेवा कम्पनी जापान एयरलाइन्स, एएनए र स्काइमाक्रले बिहीबारदेखि आइतबारसम्मका सयभन्दा बढी उडान रद्द गरेका छन् । यसबाट ११ हजारभन्दा बढी यात्रुको यात्रा प्रभावित हुने भएको छ ।

    आँधीको सम्भावित मार्ग र तीव्र वर्षाका कारण ताइवान तथा जापानका तटीय र पहाडी क्षेत्रमा जोखिम बढेको छ । हवाई यातायातसँगै सैन्य गतिविधिसमेत प्रभावित भएपछि दुवै क्षेत्रमा आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिएको छ ।

    पश्चिमी प्रसान्त महासागरको माइक्रोनेसिया क्षेत्रनजिक विकसित भएको सुपर टाइफुन चम्पी सन् २०२६ कै शक्तिशाली समुद्री आँधीमध्ये एक रहेको विज्ञहरूले बताएका छन् ।

    बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.