• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता


  •   बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
  • अङ्कारा, ५ कात्तिक । टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथि भएको आक्रमण मानिनेछ ।

    Advertisement

    नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो यो सम्झौताको उद्देश्य क्षेत्रीय सुरक्षा सहयोग र सैन्य क्षमता बढाउनु हो । टर्की र पाकिस्तानले सम्झौता इरान वा अन्य कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् । टर्कीले यमनमा लड्न वा हुथी विद्रोहीमाथि आक्रमण गर्न सेना नपठाउने स्पष्ट पारेको छ ।

    गत अगस्टमा इरान युद्धका कारण क्षेत्रीय अस्थिरता बढिरहेका बेला साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । यसले साउदी अरब, आणविक शक्ति पाकिस्तान र नेटोको दोस्रो ठूलो सेना भएको टर्कीलाई साझा सुरक्षा संरचनामा जोडेको छ ।

    तीन देशले यसै महिनाको सुरुमा रियादमा भएको बैठकमा सामूहिक रक्षा प्रतिबद्धता तत्काल कार्यान्वयन गर्ने सहमति गरेका थिए । टर्की र पाकिस्तानले साउदी अरबलाई हवाई रक्षा, विद्युतीय युद्ध प्रणाली र प्राविधिक सहयोग उपलब्ध गराउने सम्भावनाबारे छलफल गरिरहेका छन् । यद्यपि, सैन्य परिचालनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    पाकिस्तानले साउदी अरबमा ३० हजारदेखि ४० हजार सैनिक तैनाथ गरिसकेको भन्ने समाचारलाई अनुमानमा आधारित भन्दै अस्वीकार गरेको छ । सन् १९८० को दशकदेखि पाकिस्तानी सैनिकले साउदी सेनालाई तालिम र परामर्श दिँदै आएका छन् । पाकिस्तानका अधिकारीहरूले नयाँ सम्झौताअन्तर्गत पनि सहयोग रक्षात्मक हुने बताएका छन् ।

    टर्कीको सरकारी प्रसारक टीआरटीले सार्वजनिक गरेको १६ बुँदे सम्झौतामा संयुक्त सैन्य तालिम, अभ्यास, हतियार उत्पादन, प्रविधि हस्तान्तरण र गुप्तचर सूचना आदानप्रदानको व्यवस्था छ । सम्झौताअनुसार तीन देशले पहिलो १० वर्षसम्म यसबाट अलग हुन पाउने छैनन् । त्यसपछि बाहिरिन चाहेमा तीन महिनाअघि सूचना दिनुपर्नेछ ।

    टर्कीको संसद्ले सम्झौता अनुमोदन गर्नुअघि संसदीय समितिले त्यसको समीक्षा गर्नेछ । टर्कीका सैनिक परिचालन गर्नुपरेमा छुट्टै संसदीय स्वीकृति आवश्यक पर्नेछ । पाकिस्तानले भने सम्झौताका लागि संसदीय अनुमोदन प्रक्रिया अघि बढाएको छैन ।

    सम्झौता कार्यान्वयनका लागि तीन देशका विदेशमन्त्री, रक्षामन्त्री र सेना प्रमुख सम्मिलित रणनीतिक राजनीतिक तथा रक्षा समितिले वर्षमा दुई पटक बैठक गर्ने अपेक्षा गरिएको छ । यसको सचिवालय साउदी अरबमा रहनेछ भने सेवानिवृत्त पाकिस्तानी जनरल नौमान महमुदलाई पहिलो महासचिव चयन गरिएको छ । उहाँको कार्यकाल तीन वर्षको हुनेछ ।

    बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.