• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी


  •   बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
  • जेरुसेलम, ५ कात्तिक । गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ ।

    Advertisement

    सतहत्तर वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका नेता हुनुहुन्छ । समर्थकहरूले उहाँको सुरक्षा र आर्थिक अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई महत्त्व दिन्छन् । तर, विरोधीहरूले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणअघि सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा असफल भएको आरोप लगाउँछन् । उहाँले युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

    छैसठ्ठी वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत हुनुभएको छ । गाजाको युद्धमा उहाँका छोरा र दुई भतिजाको मृत्यु भएको थियो । नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा काम गर्नुभएका उहाँले स्पष्ट रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिनुभएको थियो । सुरक्षा नीतिमा भने उहाँ कडा मानिनुहुन्छ ।

    पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा हुनुहुन्छ । उहाँ प्यालेस्टिनी स्वतन्त्रताको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्नुहुन्छ । सन् २०२१ मा उहाँले वामपन्थी तथा अरब दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर अति दक्षिणपन्थी नेता हुनुहुन्छ । उहाँ प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण विवादमा हुनुहुन्छ । उहाँको पार्टीले अघिल्लो निर्वाचनमा राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो ।

    यसैगरी, ५२ वर्षीय मन्सुर अब्बास अरब नेतृत्वको राम पार्टीका नेता हुनुहुन्छ । उहाँले अरब समुदायमा अपराध नियन्त्रणजस्ता स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आउनुभएको छ । सन् २०२१ मा उहाँको पार्टी इजरायली सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो ।

    बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.