• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

फर्कनु राम्रो लाग्यो : मेघन


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • नटिङ्घम, बेलायत, ३० असोज । अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले बिहीबार स्वदेश फर्किनु राम्रो लागेको बताउनुभएको छ ।

    Advertisement

    मेघनले शुभचिन्तकहरूसँगको संवादमा एक सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै भन्नुभयो, “फर्कनु राम्रो लाग्यो।”

    राजा चाल्र्स तृतीयका ४२ वर्षीय कान्छा छोरा र ४५ वर्षीया मेघनले सन् २०२० मा शाही परिवारसँगको कटु विवादपछि शाही कर्तव्य त्यागेको घोषणा गर्दै बेलायत छाडेको बताउनुभएको थियो ।

    मध्य इङ्ल्यान्डको नटिङ्घम शहरमा पुग्दा न्यानो मायासहित उहाँहरूलाई स्वागत गरिएको थियो ।

    दम्पतीले कार्यक्रमपछि सहभागी भीडसँग कुराकानी र मजाक गरे, सेल्फी खिचे, अँगालो हाले र फूलहरू स्वीकारे।

    यो अर्ध–शाही भ्रमणले उनीहरूलाई बेलायतमा बस्दाको स्थितिबारे बकिङ्घम प्यालेससँग विवादमा पार्न सक्छ।

    राजा चाल्र्सले गत महिना जारी पत्रमा स्पष्ट लेख्नुभएको थियो, “उनीहरूको स्थिति ‘नागरिक’ जस्तै हो, जसको परोपकारी चासो छ, सार्वजनिक व्यक्तित्व होइनन् र उनीहरूलाई ‘हिज÷हर रोयल हाइनेस’ भनेर सम्बोधन गर्नु हुँदैन।”

    औपचारिक रूपमा ससेक्सका ड्युक र डचेसका रूपमा चिनिने ह्यारी र मेघनको बेलायतमा सार्वजनिक कार्यक्रममा अन्तिम उपस्थिति सन् २०२२ सेप्टेम्बरमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिका क्रममा भएको थियो ।

    मेघनले भीडमा एक महिलाले दिएको उपहार स्वीकार्दै प्रतिक्रियामा गालामा चुम्बन गर्नुभएको थियो ।

    कालो सूट र खुला घाँटी रहेको सेतो सर्ट लगाएका ह्यारीले एक सानो बच्चासँग कुरा गर्न झुक्नुभयो र भीडलाई भन्नुभयो, “सबैलाई भेट्दा ‘धेरै राम्रो’ लाग्यो।”

    दम्पतीहरू बस्ने सहरमा सङ्गीत, फिल्म, खेलकुद र खाद्य गरिबीसँग जुध्दै युवा र स्थानीय समुदायलाई सहयोग गर्ने तीनवटा परोपकारी संस्थाहरू पनि आएका थिए ।

    –पारिवारिक विवाद–

    शाही परिवारका बाँकी सदस्यहरूसँग भएको ठूलो विवादपछि ह्यारी र मेघनले चाल्र्ससँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन् तर उनीहरू ह्यारीका दाइ र सिंहासनका उत्तराधिकारी राजकुमार विलियमसँग अझै टाढा छन् ।

    राजा चाल्र्सले यसबीच वेल्सको भ्रमण गर्नुभएको छ, जहाँ उहाँले वेल्स संसद्लाई सम्बोधन पनि गर्नुभयएको थियो ।

    वेल्समा चाल्र्स र रानी क्यामिला आउँदा राजतन्त्रविरोधी प्रदर्शनकारीहरूले ‘उहाँ हाम्रो राजा होइन’ र ‘श्रीपेच हटाउ!’ जस्ता नारा लगाएको रिपोर्टहरूमा उल्लेख छ ।

    संयुक्त अधिराज्य (बेलायत) का चार क्षेत्रमध्ये एक वेल्ससँग लामो समयदेखि नजिकको सम्बन्ध राख्ने चाल्र्सलाई सिंहासनमा बस्नुअघि वेल्सका राजकुमार भनिन्थ्यो ।

    ह्यारी र मेघन छ वर्षअघिदेखि क्यालिफोर्नियामा बस्दै आएका थिए तर अगस्टमा आश्चर्यजनक रूपमा दुई साना छोराछोरी आर्ची र लिलिबेटसहित बेलायत फर्किएका थिए ।

    –‘नागरिक’–

    दिवङ्गत रानी एलिजाबेथ द्वितीयले सन् २०२२ मा मृत्युअघि ह्यारी र मेघनलाई भन्नुभएको थियो, “व्यापारिक काम गर्दै शाही कर्तव्य निभाउने ‘आधा–भित्र÷आधा–बाहिर’ गर्ने विकल्प छैन ।”

    राज परिवारका सबैभन्दा वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले गत महिना जारी पत्रमा भन्नुभएको थियो, “यो राम्रोसँग ज्ञात छ सन् २०२० जनवरीमा ड्युक र डचेसले सार्वभौम प्रतिनिधित्वमूलक कर्तव्यबाट अलग भए र अब शाही परिवारका काम गर्ने सदस्य होइनन्।”

    ‘वर्किङ रोयल’ भनेका शाही परिवारका सदस्य हुन् जसले राजाको तर्फबाट आधिकारिक कर्तव्य निभाउँछन् । उनीहरूलाई रोयल हाउसहोल्डबाट प्रशासनिक र अन्य सहयोग मिल्छ ।

    हाल सात जना वरिष्ठ ‘वर्किङ रोयल’ छन् । उनीहरू राजा चाल्र्स र रानी क्यामिला; छोरा र उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिन, वेल्सकी राजकुमारी; चाल्र्सकी बहिनी राजकुमारी एनी, भाइ एडवर्ड र उहाँकी पत्नी सोफी हुन् ।

    अन्य काम गर्ने रोयलमा दिवङ्गत रानी एलिजाबेथ द्वितीयका केही अन्य आफन्तका सदस्यहरू पनि छन् ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.