• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

गाम्बियाको तटमा आप्रवासी डुङ्गा दुर्घटना, १२ जनाको मृत्यु


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • बानजुल (गाम्बिया), ३० असोज । युरोप पुग्ने प्रयासमा रहेका आप्रवासी सवार डुङ्गा गाम्बियाको तटमा डुब्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले १२ जनाको शव फेला पारेको गाम्बिया रेडक्रस सोसाइटीले जनाएको छ ।

    Advertisement

    रेडक्रसका अनुसार बेपत्ता हुनेको यकिन सङ्ख्या खुल्न सकेको छैन । उद्धार कार्य जारी रहेकाले घटनाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको संस्थाले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    स्थानीय बासिन्दाका अनुसार डुङ्गा एटलान्टिक तटमा रहेको जिनाक काजाटा गाउँबाट छुटेको थियो । उक्त गाउँ स्पेनको क्यानरी टापु पुग्न खोज्ने आप्रवासीका लागि प्रस्थान गर्ने प्रमुख स्थानमध्ये एक हो ।

    पश्चिम अफ्रिकाबाट क्यानरी टापुसम्मको समुद्री यात्रा तीव्र बहाव र जीर्ण तथा क्षमताभन्दा बढी यात्रु राखिएका डुङ्गाका कारण अत्यन्त जोखिमपूर्ण मानिन्छ । यसअघि सन् २०२५ को डिसेम्बरमा पनि जिनाक काजाटाबाट छुटेको डुङ्गा दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने करिब १०० जना बेपत्ता भएका थिए ।

    मोरक्को, मौरिटानिया र सेनेगलमा समुद्री मार्गबाट हुने अवैध आवागमन रोक्न गस्ती कडा पारिएपछि आप्रवासीहरू युरोप पुग्न पश्चिम अफ्रिकाको अझ दक्षिणी क्षेत्रबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यसले समुद्री यात्राको दूरी र जोखिम दुवै बढाएको छ ।

    गरिबी, द्वन्द्व र उत्पीडनबाट भागेका आप्रवासीका लागि क्यानरी टापु युरोप प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक हो । इटाली र ग्रीसतर्फ जाने भूमध्यसागरीय मार्ग पनि आप्रवासीले प्रयोग गर्ने मुख्य बाटामध्ये पर्छन् ।

    क्यानरी टापुमा सन् २०२४ मा ४६ हजारभन्दा बढी आप्रवासी पुगेका थिए । तर, आप्रवासी आगमन नियन्त्रण गर्न स्पेनमाथि दबाब बढिरहेका बेला पछिल्लो समय त्यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.