• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

सिरियाका शारासँग द्रुज हिंसाबारे फोनवार्ता गरेको नेतन्याहूद्वारा स्वीकार


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • जेरुसेलम, ३० असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गर्नुभएको छ र यो सारासँग उहाँको प्रत्यक्ष सम्पर्कको पहिलो स्वीकारोक्ति हो ।

    Advertisement

    नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताउनुभएन तर उहाँको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच भएको रक्तरञ्जित झडपका क्रममा भएको सङ्केत दिन्छ ।

    “मैले अल–शारालाई फोन गरेँ । यो धेरै छोटो र धेरै लक्षित कुराकानी थियो, र हत्या रोकियो,” नेतन्याहूले इजरायलको द्रुज समुदायसँगको चुनावी सभामा भन्नुभयो । उहाँको भिडियो इजरायली सार्वजनिक प्रसारक कानले प्रसारण गरेको थियो ।

    सन् २०२५ को झडप सिरियाको स्वेइदा प्रान्तमा सशस्त्र द्रुज समूह र बेदुइन लडाकुबीच सुरु भएको थियो । त्यसपछि सरकारी सुरक्षा बल र केही जनजातीय समूहले बेदुइनको पक्ष लिएका थिए ।

    ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार दुई हजारभन्दा बढी मानिस मारिएका थिए भने तीमध्ये ७८९ द्रुज नागरिक थिए ।

    सिरियाली सरकारले गठन गरेको समितिले एक हजार ७६० जनाको मृत्यु दर्ता गरेको बताएको छ ।

    त्यसबेला सरकारी बल र उनीहरूका सहयोगीहरूमाथि नागरिकहरूको हत्या र अन्य दुर्व्यवहारको आरोप लागेको थियो ।

    इजरायलमा पनि झडपका क्रममा सैन्य हस्तक्षेप भएको क्षेत्रमा बसोबास गर्ने द्रुज जनसङ्ख्या छ । स्वेइदामा र दमास्कसमा सरकारी लक्ष्यमा आक्रमण गर्दै उसले अल्पसङ्ख्यक समुदायको रक्षा गरिरहेको बताएको थियो ।

    पछि सरकारी पक्षका बलहरू स्वेइदा शहरबाट फर्किए र कमजोर युद्धविराम कायम भयो। यसै वर्ष जुलाईमा दमास्कसले हिंसाका आरोपीहरूको मुद्दा चलाउन थालेको बताएको थियो ।

    सन् २०२४ डिसेम्बरमा लामो समयदेखि शासन गरेका बशर अल–असदको पतनपछि इजरायलले सिरियामा सयौं आक्रमण गरेको छ र सन् १९७४ देखि गोलानमा इजरायली र सिरियाली बललाई छुट्ट्याउने संयुक्त राष्ट्र सङ्घको गस्ती क्षेत्रमा सेना पठाएको छ ।

    उसले सिरियाली भूमिभित्र गहिरो घुसपैठ पनि गरेको छ र दक्षिण सिरियामा तथाकथित ‘सुरक्षा क्षेत्र’ मा सेना राख्ने वाचा गरेको छ जहाँ उसले फराकिलो सैन्यमुक्त क्षेत्र खोजिरहेको छ ।

    सिरियाका नयाँ नेताहरूले देशको दक्षिणमा इजरायली सैन्य कारबाहीको निन्दा गरेका छन् तर बल प्रयोग गरेर जवाफ दिएका छैनन् ।

    तनावका बाबजुद सिरिया र इजरायलले सुरक्षा सम्झौतातर्फ अघि बढ्दै प्रत्यक्ष वार्ताका केही चरणहरू सम्पन्न गरेका छन् ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.