• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • वासिङ्टन, ३० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताउनुभएको छ । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उहाँले रद्द गर्नुभएको हो ।

    Advertisement

    निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने योजना स्वदेश र विदेशमा व्यापक विरोध भएको थियो । अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, अधिकार समूह र संयुक्त राष्ट्र सङ्घले आक्रोश व्यक्त गरेका थिए ।

    यो रद्द गर्ने निर्णय हेगसेथका लागि ठूलो झटका हो । उहाँ पहिले नै इरान युद्धको गतिरोध र त्यसको असरका कारण आलोचित हुनुहुन्छ । यसले आगामी मध्यकालीन चुनावमा रिपब्लिकन पार्टीको सम्भावनामा असर पार्दैछ ।

    हसन ‘निर्धारित समयमा ‘फायरिङ स्क्वाड’ बाट मर्नेछन् तर यो घटना प्रत्यक्ष देखाइने (प्रसारण गरिने) छैन,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेख्नुभएको छ ।

    अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रूपमा प्रत्यक्ष देखाइने योजनाको विरोध नगरेको सङ्केत दिनुभयो । उहाँले भन्नुभयो, “यसले संसारलाई देखाउन सक्थ्यो कि अमेरिका आतङ्कवादी र हसनजस्ता फोहोरसँग कसरी व्यवहार गर्छ ।”

    तर “धेरै राम्रा र राम्रो नियतका मानिसहरू उहाँको मृत्यु हेर्न चाहँदैनन्,” ट्रम्पले भन्नुभयो । उहाँले थप्नुभयो, “पीडितका नजिकका परिवारले चाहेमा प्रत्यक्ष रूपमा मृत्युदण्ड हेर्न सक्नेछन् ।”

    सन् २००९ मा १३ जनालाई गोली हानेको फोर्ट हुड, टेक्सासमा डिसेम्बर ३ का लागि निर्धारित हसनको मृत्युदण्ड सन् १९४५ पछि अमेरिकी सैन्य ‘फायरिङ स्क्वाड’ बाट हुने पहिलो मृत्युदण्ड हुनेछ ।

    हेगसेथले गत साता लाइभ स्ट्रिम गर्ने योजना भएको पुष्टि गर्दै भन्नुभएको थियो, “हामी सुनिश्चित गर्नेछौँ कि मानिसहरूले हेर्न सकून्, यो सार्वजनिक होस् ।”

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.