• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

आर्थिक सङ्कट व्यवस्थापनमा अनुसन्धानको योगदान, हल र वुडफोर्डलाई नोबेल


  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
  • स्टकहोम, २७ असोज । आर्थिक उतारचढाव व्यवस्थापन गर्न सरकार तथा केन्द्रीय बैंकलाई सहयोग पुग्ने आर्थिक मोडेल विकासमा पु¥याएको योगदानको कदर गर्दै अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

    Advertisement

    रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार पुरस्कार घोषणा गर्दै दुवै अर्थशास्त्रीले समष्टिगत आर्थिक स्थिरीकरणका लागि सूक्ष्म आर्थिक आधार विकासमा महत्वपूर्ण योगदान पु¥याएको जनाएको छ । उहाँहरूको अनुसन्धानले आर्थिक नीतिको प्रभाव बुझ्न तथा उपयुक्त समयमा वित्तीय र मौद्रिक नीति अवलम्बन गर्न सहयोग पु¥याएको एकेडेमीले उल्लेख गरेको छ ।

    स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हलले भविष्यको आर्थिक अवस्थाबारे मानिसको अपेक्षाले उपभोगसम्बन्धी निर्णयमा पार्ने प्रभावको अध्ययन गर्नुभएको छ । त्यसैगरी, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक वुडफोर्डले व्यवसायहरूले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने व्यवहार र त्यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्नुभएको छ ।

    उहाँहरूको अनुसन्धानले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता आर्थिक सूचकको अध्ययनसँगै घरपरिवार तथा व्यवसायका निर्णयलाई समेत आर्थिक मोडेलमा समेट्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले मौद्रिक नीतिले आर्थिक गतिविधिमा पार्ने प्रभाव बुझ्न आवश्यक सैद्धान्तिक आधार प्रदान गरेको छ ।

    आर्थिक संकट व्यवस्थापनमा अनुसन्धानको महत्त्व

    सन् १९७० को दशकमा तेलको मूल्यवृद्धिसँगै पश्चिमी अर्थतन्त्रहरूमा उच्च मुद्रास्फीति र बेरोजगारी एकैपटक देखिएपछि प्रचलित आर्थिक सिद्धान्त र नीतिगत उपायको प्रभावकारिताबारे बहस सुरु भएको थियो । हल र वुडफोर्डको अनुसन्धानले यस्ता आर्थिक झट्काको प्रभाव विश्लेषण गर्न तथा नीतिगत निर्णयका सम्भावित परिणाम बुझ्न सहयोग पु¥याएको छ ।

    उहाँहरूको योगदानले नयाँ केनेसियन आर्थिक मोडेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्ता मोडेलले घरपरिवार तथा व्यवसायको व्यवहार र सरकारी नीतिबीचको सम्बन्ध विश्लेषण गर्न सहयोग गर्छन् ।

    सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि केन्द्रीय बैंकहरूले भविष्यमा ब्याजदरको दिशा र अपेक्षाबारे सार्वजनिक संकेत दिने ‘फरवार्ड गाइडेन्स’ नीतिलाई थप महत्व दिएका थिए । वुडफोर्डको अनुसन्धानले यस नीतिको सैद्धान्तिक आधार विकास गर्न योगदान पु¥याएको छ ।

    वर्तमान विश्व अर्थतन्त्र ऊर्जा मूल्यमा हुने उतारचढाव, मुद्रास्फीति र भूराजनीतिक अनिश्चितताबाट प्रभावित भइरहेका बेला उहाँहरूको अनुसन्धान सान्दर्भिक देखिएको छ । यद्यपि, आर्थिक मोडेलले सबै संकटको परिणाम यथार्थ रूपमा पूर्वानुमान गर्न नसक्ने भएकाले तिनको प्रभावकारिता उपलब्ध तथ्यांक र नीतिगत कार्यान्वयनमा निर्भर रहने गर्छ । यस वर्षको अर्थशास्त्र पुरस्कारको कुल राशि एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ ।

    मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.