• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण


  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
  • बैंकक, २७ असोज ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र घरेलु उपभोगमा आएको सुस्तताले आर्थिक गतिविधिमा दबाब पारेपछि कोषले आफ्नो अनुमान घटाएको हो ।

    Advertisement

    आईएमएफले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा चीनको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपण यसअघि जुलाईमा सार्वजनिक गरिएको अनुमानभन्दा ०.१ प्रतिशत बिन्दुले घटाइएको जनाएको छ । सन् २०२७ मा चीनको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

    प्रतिवेदनअनुसार विश्व बजारमा तेलको मूल्य वृद्धि, निरन्तर अनिश्चितता र संरचनात्मक समस्याले चीनको आर्थिक गतिविधिमा असर पार्नेछन् । यद्यपि, सरकारी नीतिगत सहयोगले आर्थिक वृद्धिमा थप ठूलो गिरावट आउन नदिने अपेक्षा गरिएको छ ।

    चीनले यस वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्यको तल्लो सीमामा आईएमएफको नयाँ प्रक्षेपण पुगेको छ । घरजग्गा क्षेत्रको लामो समयदेखिको संकटले उपभोक्ताको विश्वास कमजोर बनाएको छ भने खर्च र समग्र आर्थिक गतिविधिमा सुस्तता ल्याएको छ । यद्यपि, निर्यात तथा कृत्रिम बौद्धिकता (एआई) र विद्युतीय सवारीसाधनजस्ता उच्च प्रविधिका क्षेत्रमा चीनले प्रगति गरिरहेको छ ।

    भारतको वृद्धिदर ७ प्रतिशत पुग्ने

    चीनको तुलनामा भारतको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपण उल्लेख्य रूपमा बढाइएको छ । आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धि अनुमान ०.६ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पु¥याएको छ ।

    भारतमा आर्थिक गतिविधिमा कायम गति, अनुकूल जनसांख्यिकीय अवस्था, विस्तार हुँदै गएको घरेलु बजार र संरचनात्मक सुधारले आर्थिक वृद्धिको सम्भावना बढाएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, एआई चिपको विश्वव्यापी माग बढ्दा दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदरसम्बन्धी अनुमान पनि बढाइएको छ । यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धि ३.३ प्रतिशत र ताइवानको १०.७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ ।

    सम्बन्धित कम्प्युटिङ सामग्रीको खुद व्यापारमा ताइवान र दक्षिण कोरियाको संयुक्त हिस्सा ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । एआई डेटा सेन्टर निर्माणबाट दक्षिणपूर्वी एसियाका केही देशले लाभ लिन सक्ने भए पनि महँगो ऊर्जा, कमजोर पर्यटन र विप्रेषणमा कमीका कारण साना टापु राष्ट्रहरू प्रभावित हुन सक्नेछन् ।

    यसैबीच, जापानको आर्थिक वृद्धिदर यस वर्ष ०.७ प्रतिशत रहने अनुमान गरिएको छ, जुन जुलाईको प्रक्षेपणभन्दा ०.१ प्रतिशत बिन्दुले बढी हो । प्रधानमन्त्री साने ताकाइची सरकारले लागू गरेका वित्तीय उपायले इन्धनको मूल्यवृद्धिको असर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.