• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अमेरिकामा सार्वजनिक मृत्युदण्ड ब्युँताउने प्रस्तावले बहस


  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
  • काठमाडौं। अमेरिकामा करिब एक शताब्दीपछि सार्वजनिक रूपमा मृत्युदण्ड दिने प्रस्तावले नयाँ बहस सिर्जना गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सन् २००९ मा टेक्ससको फोर्ट हुड सैन्य शिविरमा १३ जना सैनिकको हत्या गरेका निदाल हसनलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिने घोषणा गरेपछि यस विषयले चर्चा पाएको हो। पेन्टागनले प्रस्तावित मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने विषयसमेत अघि सारेको छ।

    Advertisement

    अमेरिकामा सार्वजनिक मृत्युदण्डको अन्तिम चर्चित घटना सन् १९३६ अगस्ट १४ मा केन्टकीको ओवेन्सबोरोमा भएको थियो। लुटपाट, बलात्कार र हत्याको अभियोगमा दोषी ठहरिएका २० वर्षभन्दा माथिका अश्वेत युवा रेनी बेथियालाई फाँसी दिँदा करिब २० हजार मानिस उपस्थित भएका थिए। उक्त घटनाले सार्वजनिक मृत्युदण्डलाई तमासाका रूपमा प्रस्तुत गरिएको भन्दै आलोचना निम्त्याएको थियो। त्यसको करिब १८ महिनापछि केन्टकीले सार्वजनिक मृत्युदण्डमाथि प्रतिबन्ध लगाएको थियो।

    मृत्युदण्डसम्बन्धी अनुसन्धानकर्ता तथा कोलोराडो विश्वविद्यालयका प्राध्यापक एमेरिटस माइकल राडेलेटले सार्वजनिक मृत्युदण्डको प्रस्तावप्रति आश्चर्य व्यक्त गर्दै अमेरिकामा मृत्युदण्डप्रतिको जनसमर्थन घट्दै गएको बताएका छन्। उनका अनुसार सन् १९९४ मा मृत्युदण्डको समर्थन ८० प्रतिशत रहेकामा अहिले ५२ प्रतिशतमा झरेको छ।

    सामाजिक मनोविज्ञानका प्राध्यापक कर्ट ग्रेका अनुसार अमेरिकी राजनीतिमा बढ्दो ध्रुवीकरण र प्रतिशोधको भावनाले यस्तो प्रस्तावलाई प्रोत्साहन गरेको हुन सक्छ। यद्यपि, हिंसात्मक सजायप्रति धेरै अमेरिकी उदासीन बनेको उनको विश्लेषण छ।

    लेखिका सोन्या लियाले सन् १९३६ को सार्वजनिक फाँसीलाई ‘क्रूरताको उत्सव’ भन्दै आधुनिक प्रविधिमार्फत लाखौँ मानिसमाझ मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्नु अझ भयावह हुने बताएकी छन्। क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका अनुसन्धानकर्ता गारेन विन्टेम्युटले पनि सार्वजनिक मृत्युदण्ड अमेरिकी समाजको पहिचान नभएको टिप्पणी गरेका छन्।

    यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सार्वजनिक मृत्युदण्डको योजना कार्यान्वयन हुनेमा अनिश्चितता व्यक्त गरेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले भने मृत्युदण्डको प्रस्तावलाई समर्थन गर्दै हसनजस्ता व्यक्तिका लागि यो उपयुक्त सजाय भएको बताएका छन्। पेन्टागनका अनुसार प्रत्यक्ष प्रसारणसहितको योजना अझै निर्णय प्रक्रियामै छ।

    आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.