• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु


  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
  • एडेन, यमन,२५ असोज । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ।

    Advertisement

    सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट तथा आपूर्ति मार्गलाई लक्षित गरिएको बताउनुभएको छ।

    उहाँका अनुसार हुथीको नियन्त्रणमा रहेका क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य लक्ष्यमा समेत आक्रमण गरिएको थियो। कारबाहीका क्रममा १८० भन्दा बढी सैन्य तथा रसदसम्बन्धी सवारीसाधन नष्ट वा क्षतिग्रस्त भएको सरकारी सेनाको दाबी छ।

    प्रवक्ता अल–नुजाइलीले यी कारबाहीले हुथी समूहको सैन्य गतिविधि तथा अग्रपङ्क्तिमा आवश्यक सामग्री आपूर्ति गर्ने क्षमतामा असर पार्ने बताउनुभयो । सरकारी सेनाले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै रणनीतिक स्थानहरूमा नियन्त्रण सुदृढ बनाउने प्रयास जारी राखेको पनि जनाएको छ।

    यद्यपि, सरकारी सेनाले सार्वजनिक गरेका हताहती तथा क्षतिसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यस विषयमा हुथी समूहको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

    यमन सरकारले सोमबारदेखि हुथी नियन्त्रणमा रहेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यसहित ठूलो स्तरको सैन्य अभियान सुरु गरेको थियो। दक्षिणपश्चिमी यमनस्थित रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य आसपास दुवै पक्षबीच तीव्र भिडन्त भइरहेको बताइएको छ।

    यसैबीच, यमन सरकारलाई समर्थन गर्दै साउदी अरबले हवाई सैन्य कारबाही तीव्र बनाएको छ। हुथी समूहले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाएको छ। तीमध्ये राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई समेत निशाना बनाइएको समाचारमा उल्लेख छ।

    यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यस समयमा हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सामा नियन्त्रण कायम गरेको थियो। सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। हाल उक्त सरकार दक्षिणी बन्दरगाह सहर एडेनमा आधारित छ।

    आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.