• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना : प्रतिवेदन


  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
  • टोकियो, २५ असोज । जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये झण्डै आधा घटना ओकिनावा प्रिफेक्चरमा भएका छन् ।

    Advertisement

    जापानी अखबार अकाहाताले राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै जनाएअनुसार, उक्त अवधिमा ओकिनावामा मात्रै दुई हजार ४४७ आपराधिक घटना भएका छन्, जुन कुल घटनाको ४९ प्रतिशत हो । त्यसैगरी, कानागावामा १८.३ प्रतिशत र टोकियोमा ८.९ प्रतिशत घटना दर्ता भएका छन् ।

    यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कारजस्ता गम्भीर अपराधका २६६ घटना देशभर दर्ता भएका थिए । तीमध्ये १२९ घटना ओकिनावा, ६७ घटना कानागावा र ३४ घटना टोकियोमा भएका थिए ।

    प्रतिवेदनले अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नुपरेको र त्यससँग सम्बन्धित आपराधिक घटनाको समस्या समाधान गर्न जापान तथा अमेरिकाका सरकारले प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गरेको छ ।

    जापानको कुल भूभागको करिब ०.६ प्रतिशत मात्रै क्षेत्रफल ओगटेको ओकिनावामा देशभरका अमेरिकी सेनाका विशेष प्रयोगका सैन्य सुविधा तथा संरचनामध्ये करिब ७० प्रतिशत रहेका छन् । यसले अमेरिकी सैन्य उपस्थितिको भार ओकिनावामा असमान रूपमा केन्द्रित रहेको देखाउँछ ।

    प्रतिवेदनअनुसार, ओकिनावामा अमेरिकी सैन्य सम्बद्ध व्यक्तिहरू संलग्न आपराधिक घटनाको संख्या सन् २०२५ मा १०१ पुगेको थियो । सन् २००३ पछि पहिलोपटक वार्षिक घटना संख्या १०० नाघेको हो । त्यस्तै, देशभर दर्ता भएका यस्ता घटनामध्ये ओकिनावाको हिस्सा ६७.८ प्रतिशत पुगेको थियो, जुन सन् १९८९ यताकै उच्च हो ।

    यसैबीच, अक्टोबर ४ मा ओकिनावा प्रहरीले फुतेन्मास्थित अमेरिकी मरिन कोप्र्सको हवाई सैन्य अड्डामा तैनाथ एक अमेरिकी मरिनलाई स्थानीय महिलाको लुटपाट तथा हत्या गरेको आशंकामा पक्राउ गरेको थियो । उक्त घटनापछि ओकिनावामा अमेरिकी सैन्य उपस्थितिलाई लिएर स्थानीय जनतामा रहेको असन्तुष्टि पुनः चर्किएको छ ।

    आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    https://twitter.com/eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.