काठमाडौं, २४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा भासिएको सडक शनिबार अपराह्न ४ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको सडक विभागले जनाएको छ।
Advertisement
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्डमा स्थानीय निकायसँग छलफल गरी ‘ब्याक कटिङ’को काम सुरु गरिएको विभागले जनाएको छ। अवस्था सामान्य रहे करिब आठ घण्टाभित्र यातायात सञ्चालनमा आउने विभागको भनाइ छ।
यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण सडक मर्मतको काम सुरु गर्न नसकिएको विभागले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।





