• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. कवि

छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ । पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुन: बिचल्लीमा पारेको छ ।

    Advertisement

    बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन् । केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन् ।

    छोराहरूसँग बस्दै आउनुभएका ८६ वर्षीय स्यामलाल खरेलका लागि यो आगलागी विगतको पीडा दोहोरिएजस्तै भएको छ । “पटकपटकको आगलागीले ठूलो पीडा दियो । व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो, अब बसौँ कसरी बस्ने, जाउँ कता जाने रु” उहाँले भन्नुभयो ।

    अर्का अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा पर्दा पुन:स्थापनाको चिन्तामा हुनुहुन्छ । “छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो, यसो तङ्ग्रिँदै गर्दा पुन: आगलागीले सखाप पार्यो”, उहाँले भन्नुभयो, “अब सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्, हामी पुन:स्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ । नत्र आफैँले गर्न सक्ने अब कुनै उपाय छैन ।”

    उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताउनुभयो । नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उहाँको गुनासो छ ।

    “दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन, नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन सकिरहेका छैनन्”, काफ्लेले भन्नुभयो ।

    आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरू अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् । शनिबार दिउँसोबाट मौसममा केही सुधार भएकाले जलेका सामान तथा भग्नावशेष पन्छाउने कार्य भइरहेको पीडित चन्द्र पौडेलले बताउनुभयो ।

    जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि पीडितपरिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन् । पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुन:स्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग आवश्यक रहेको बताएका छन् ।

    बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेको प्रारम्भिक विवरण छ । आगलागीबाट करिब रु १४ करोड ५० लाखबराबरको क्षति भएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो ।

    सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ ।

    बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीले ४९ घर जलेका थिए भने करिब रु ४० करोडभन्दा बढीको क्षति भएको थियो । त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी तथा परिवार विस्तारै आफ्नो व्यवसाय पुन:स्थापित हुँदै थिए । छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक रूपमा ठूलो सङ्कटमा परेका छन् ।

    स्थानीयका अनुसार दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक छ । पछिल्लो समय बिजुलीका कारण धेरै आगलागीका घटना हुने गरेकाले घरमा प्रयोग हुने विद्युतीय सामान र जडानका बारेमा पनि सचेतना फैलाउनुपर्ने स्थानीय गुरु पौडेलले बताउनुभयो ।

    यस्तै विपद्का समयमा तत्काल प्रयोगमा आउने विपद् प्रतिकार्य सामग्रीको सहज उपलब्धता बारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्थानीयले बताए । पछिल्लो समय यस जिल्लामा विद्युत्का कारण आगलागीका घटना बढ्दै गएका छन् । विद्युत्का कारण हुने आगजनी नियन्त्रणका लागि नागरिकस्तरमा व्यापक सचेतना जरुरी रहेको आवश्यकता औँल्याइएको छ ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु
    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    • २.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

    • ३.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ४.
      गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    • ५.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • ६.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ७.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ८.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.