• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

विदेशबाट फर्किएका म्याग्दीका युवाहरूले सुरु गरे भेडापालन


  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
  • बेनी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका केही युवाले भने विदेशमा सिकेको सिप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् ।

    Advertisement

    पाउद्वारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे । विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सिप तथा त्यहाँबाट आर्जन गरेको पुँजीलाई आफ्नै गाउँमा लगानी गर्ने सोच बनाएर उनले भेडापालन सुरु गरेका छन् । उनलाई सोही ठाउँका कमल मगर र अरुण मगरले साथ दिएका छन् । दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

    मनिराम, कमल र अरुणको समूहले अहिले करिब पाँच सय भेडा पालेको छ । भेडापालनमा उनीहरूले रु एक करोडभन्दा बढी लगानी गरेका छन् । उनीहरूले घान्द्रुक र मुस्ताङबाट भेडा खरिद गरी ल्याएका हुन् ।

    बर्खायाममा भेडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रमा पुग्छ । लेकका खर्कमा हरियो घाँस चराएर भेडा पाल्ने र जाडो बढेसँगै बथानलाई क्रमश: तल्लो क्षेत्रमा झार्ने गरिन्छ । हिउँदमा भेडा चराउँदै कास्की र पर्वतसम्म पुग्ने गरेको मनिराम सुनाउँछन् ।

    ‘मिहिनेत गर्न सके भेडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ’ उनले भने– ‘विदेशमा काम गर्दाजस्तो अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टि पनि मिलेको छ ।’

    पाउद्वारका लेकाली खर्कमा चराइएका भेडा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि माग हुने गरेका छन् । खयरखोला र आसपासका हिमाली क्षेत्रमा पाइने जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेडालाई पूजा एवम् बलिका लागि उपयुक्त मानिन्छ । चाडपर्वका समयमा मासुका लागि यस्ता भेडाको माग हुन्छ ।

    गोठ र खर्कबाटै भेडा बिक्री हुने गरेका छन् । एउटा भेडा रु २० हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेको मनिरामले बताए । यस वर्षको जनैपूर्णिमा पर्वमा खयरभारानी क्षेत्रमा लागेको मेलामा बलिका लागि ५० भन्दा बढी पाठोभेडा र बोका बिक्री भएका थिए ।

    बस्तीबाट टाढा लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेडापालन गर्न भने सहज छैन । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा जोगाउनु मुख्य चुनौती हो । वन्यजन्तुको आक्रमणबाट बथानलाई जोगाउन उहाँहरूले भोटे कुकुर पालेका छन् । दिनभर भेडासँगै चरन क्षेत्रमा जाने कुकुरले रातको समयमा खर्कमा गोठको सुरक्षा गर्ने गरेको छ ।

    भेडापालनसँगै मनिरामको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसले पशुपालनसँगै ग्रामीण पर्यटनलाई जोड्ने अवसर सृजना गरेको छ ।

    खर्कको अवस्था र मौसमअनुसार भेडाबाख्राको बथानसहित गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने चलन पाउद्वारमा पुस्तौँदेखि चलिआएको छ । पुराना पुस्ताका किसानको निधन तथा युवाको सहर र विदेश पलायनसँगै यस्तो घुम्ती गोठको परम्परा क्रमश: हराउँदै गएको अवस्थामा मनिरामसहितका युवाले यसलाई निरन्तरता दिने प्रयास गरेका छन् ।

    ‘गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ’ कमलले भने– ‘परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो ।’

    उनीहरूका अनुसार भेडाबाख्रा बिरामी हुँदा औषधोपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक छ । स्थानीय तह र सम्बन्धित निकायबाट यस्ता क्षेत्रमा सहयोग पाए भेडापालनलाई थप विस्तार गर्न सकिने उनीहरूको अपेक्षा छ ।

    विदेशबाट फर्किएका युवाले आफ्नै गाउँको वनपाखा र खर्कमा श्रम तथा पुँजी लगानी गरेर सुरु गरेको भेडापालनले स्वरोजगार सृजना गर्नुका साथै लोपोन्मुख बन्दै गएको घुम्ती गोठको परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ । (रासस)

    शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.