काठमाडौँ । माइतीघर मण्डलामा जेनजी स्मृतिको अवसरमा दीप प्रज्ज्वलन भइरहेका बेला एक युवतीले आत्मदाह प्रयास गरेकी छिन् ।
Advertisement
जेनजी स्मृतिमा २०८३ भदौ २३ गते साँझ ६ बजेतिर गोरखाकी एक युवती लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गरेकी हुन् ।
आफ्नै शरीरमा आगो लगाएकी निज महिलालाई तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रमका क्रममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् ।
शरीरमा आगो लगाउनेबित्तिकै उनलाई प्रहरीले वीर अस्पताल लगेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी बस्नेतले ज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन् ।
ती युवती बोल्न नसकेकाले आगो लगाउनुको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
