केरूङ (चीन)। नेपालको उत्तरी सीमा क्षेत्रनजिकै चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरूङ) बन्दरगाहमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी करिब पूर्ण रूपमा बाहिरिएको छ।
Advertisement
१० भन्दा बढी फुटबल मैदान बराबर क्षेत्रफलमा फैलिएको उक्त तालको पानी निकास भएसँगै नदीको बहाव पनि सामान्य अवस्थामा फर्किएको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।
सिन्ह्वाका अनुसार पहिरोका कारण नदी थुनिएपछि बनेको तालको पानी पूर्ण रूपमा बगिसकेको छ। शनिबार (सेप्टेम्बर ५) खिचिएका हवाई तस्बिरमा ताल बनेको क्षेत्र पानीविहीन देखिएको छ।
पानी निकास भएसँगै सम्भावित जोखिम धेरै हदसम्म नियन्त्रणमा आएको अधिकारीहरूले जनाएका छन्।