काठमाडौँ । रसुवाको निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् ।
Advertisement
आफन्त कृष्ण खरेलले राज्य र निर्माण कम्पनीले सुरुङमा फसेका नागरिकमाथि ‘पशुवत् व्यवहार’ गरेको आरोप लगाए । उनका अनुसार हालसम्म ८७ जना सम्पर्कविहीन रहेको र तीमध्ये ४३ जना सुरुङभित्रै रहेको जानकारी आएको छ ।
बाढी गएको सातौँ दिनमा मात्रै उद्धार सुरु भएको भन्दै आफन्तले तत्काल प्रभावकारी खोज तथा उद्धार गर्न माग गरेका छन् । रसुवा, नुवाकोट र धादिङका विभिन्न जलविद्युत आयोजनामा करिब ९ सय जना सम्पर्कविहीन रहेको बताइएको छ ।
