• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पहिरोले विभिन्न सडक अवरुद्ध

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ७. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ८. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ९. नेकपाले छान्यो ४ मन्त्री

  • १०. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ एकताबद्ध हुन मसालको आग्रह


  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) देशको लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ सम्पूर्ण पक्षधर शक्तिहरूसित एकजुट हुन आग्रह गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ ५ गते प्रेसवक्तव्य जारी गर्दै मसालले सो आग्रह गरेको हो ।

    अहिले देश गम्भीर सङ्कटको मुखमा उभिएको बताउँदै मसालले गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि सम्पूर्ण वामपन्थी, प्रजातान्त्रिक, देशभक्त शक्ति तथा आमजनताको सहकार्य आवश्यक रहेको बताएको छ ।

    मसालले उपर्युक्त राजनीतिक आवश्यकताको परिपूर्तिका लागि अभियानकै रूपमा राजनीतिक भेटघाटलाई तीव्र बनाएको र त्यसको नेतृत्व महामन्त्री मोहनविक्रम सिंहले गरेको जानकारी दिइएको छ । केही दिनभित्रै पक्षधर शक्तिहरूको संयुक्त बैठक बसेर प्रेसवक्तव्य जारी गर्ने तथा सङ्घर्षको कार्यक्रम घोषणा हुन सक्ने पनि वक्तव्यमा उल्लेख छ ।

    सहकार्य फरकफरक राजनीतिक विचार भएका शक्तिसित हुने स्पष्ट पार्दै मसालले सहकार्यसँगै अन्तरविरोध रहने र त्यस क्रममा गलत नीतिको विरोध यथावत राख्ने आफूहरूको नीति रहेको बताएको छ । लुम्बिनी प्रदेशमा नेकपा र एमालेसँग सहकार्यको प्रसङ्ग दिँदै विकासनिर्माण र अन्य विषयमा सहकार्यसँगै प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरिने जानकारी गराएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज देश गम्भीर सङ्कटको मुखमा उभिएको छ । एकातिर जनताको महान् त्याग र बलिदानद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षतासमेतलाई प्रतिगमनबाट रक्षा गर्ने तथा देशको राष्ट्रियता र सार्वभौमिकतालाई रक्षा गर्ने जिम्मेवारी ता हाम्राअगाडि पहिलेदेखि नै थिए, अब अमेरिकी साम्राज्यवादको भूमिकाबाट देशको अस्तित्वको रक्षा र नेपाललाई युद्धभूमि हुनबाट बचाउने जिम्मेवारी पनि हाम्रो काँधमा थपिएको छ । त्यसका लागि नेपालका वामपन्थी, प्रजातान्त्रिक र देशभक्त शक्ति र जनताका बिचमा व्यापक एकता राष्ट्रिय आवश्यकता भएको छ । नेकपा (मसाल) ले त्यसका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछ ।

    माक्र्सवादी–लेनिनवादी सिद्धान्तले क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउनका साथै कुनै खास अन्तर्राष्ट्रिय वा राष्ट्रिय राजनीतिक आवश्यकता पूरा गर्न दुस्मन वा विरोधी शक्तिसित पनि संयुक्त मोर्चा गर्ने नीतिमा जोड दिने गरेको छ । संयुक्त मोर्चाको नीतिका कैयौँ रूप हुन सक्दछन्; जस्तै कि कार्यगत एकता वा विभिन्न तहमा गठबन्धन र सहकार्य । अन्तर्राष्ट्रिय र नेपालको राजनीतिमा पनि कम्युनिस्टहरूले त्यसरी एक वा अर्काे प्रकारले संयुक्त मोर्चा वा कार्यगत एकता गरेका थुप्रै उदाहरण छन् । वर्तमान स्थितिमा पनि त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनका लागि नेकपा (मसाल) ले विभिन्न पक्षसित व्यापक रूपले भेटघाट गर्ने वा छलफल गर्न एक प्रकारको अभियान नै चलाएको छ । त्यो क्रममा हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले अहिलेसम्म मोहन वैद्य र उहाँले नेतृत्व गरेको पार्टीका अरू कैयौँ नेता, का. प्रचण्ड, का. केपी शर्मा ओली, का. घनश्याम भुसाल, का. माधव नेपाल, का. विप्लव, का. धर्मेन्द्र बास्तोला, पूर्व राष्ट्रपति का. विद्या भण्डारी, का. उमा भुजेल, का. चन्द्रदेव जोशी आदिसित भेटघाट र विस्तृत छलफल गरिसक्नुभएको छ । अब त्यस प्रकारको कार्यगत एकतालाई व्यवहारमा नै औपचारिक रूप दिनका लागि आवश्यक सहमति कायम गर्ने कार्य बाँकी नै छ र त्यसका लागि थप पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।

    निश्चय नै राप्रपाजस्तो प्रतिगामी सङ्गठन र कथित राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता सङ्गठनसित कार्यगत एकता वा तालमेल गर्ने हाम्रो कुनै नीति छैन र त्यसैले उनीहरूसित त्यसका लागि हामीले कुनै पहलकदमी पनि गरेका छैनौँ । प्रजातान्त्रिक शक्तिसित गत कालमा पनि हामीले कैयौँपल्ट तालमेल गर्दै आएका छौँ । देशमा जुन ऐतिहासिक उपलब्धि प्राप्त भएका छन्, त्यसका पछाडि उनीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । अहिलेको समस्या के हो भने कुनै प्रजातान्त्रिक शक्तिसित तालमेल गर्नका लागि कुनै राजनीतिक अवस्था देखा परेको छैन । त्यस प्रकारको एउटा प्रमुख राजनीतिक शक्ति नेपाली काङ्ग्रेस नै हो तर अहिले त्यो विभाजित अवस्थामा छ र नीतिगत रूपले पनि त्यसले कुनै स्पष्ट आकार लिइसकेको छैन । त्यसैले नेका वा कुनै प्रजातान्त्रिक शक्तिसित कार्यगत एकता वा गठबन्धनको लागि हामीले कुनै पहलकदमी गर्न सकेका छैनौँ । भविष्यमा त्यस प्रकारको कुनै आधार तयार भएमा त्यससित पनि कार्यगत एकताका लागि पहलकदमी गर्न हाम्रो ढोका खुला हुनेछ ।

    उपर्युक्त विषयमा विभिन्न सङ्गठनसित छलफल गर्दा कतिपय पक्षले पार्टीएकता गरेर एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नका लागि पनि जोड दिएको पाइन्छ तर हाम्रो विचार के छ भने पार्टी एकताको प्रक्रिया एउटा लामो सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक प्रश्नसित जोडिएको विषय हो । लामो प्रक्रियामा गएर नै त्यो कार्य पूरा हुन सक्दछ । गत कालमा कतिपय पल्ट संयुक्त मोर्चाको निर्माणका लागि पनि प्रयत्न गरिएका छन् तर त्यसको पनि सन्तोषजनक परिणाम निस्कन सकेको छैन । परस्परमा राजनीतिक सहमति वा एकअर्कामाथि विश्वासको वातावरण तयार हुँदै गएमा त्यसका लागि पनि आधार तयार हुँदै जाने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । हामीले यो कुरामा जोड दिने गरेको छौँ कि प्रारम्भिक तहमा न्यूनतम सहमतिका आधारमा कुनै मोर्चा नबनाईकन आपसमा अधिकतम सहमति कायम गर्दै संयुक्त वक्तव्य दिने वा विभिन्न प्रकारका कार्यक्रम अगाडि बढाउने पहलकदमी गर्नुपर्दछ । हामीले औपचारिक रूपले कुनै मोर्चा नबनाईकन पनि आपसका बैठकमा कायम भएका सहमतिका आधारमा विभिन्न कार्यक्रम वा संयुक्त आन्दोलनलाई अगाडि बढाउन सक्दछौँ वा बढाउने प्रयत्न पनि गर्नुपर्दछ । त्यस प्रकारको प्रारम्भिक र खुकुलो प्रकारको कार्यगत एकताले मोर्चा वा एकीकृत पार्टीको निर्माणका लागि पनि परस्परमा समझदारी विश्वासको वातावरण तयार पार्न सक्दछ । त्यो अवस्थामा पार्टी वा मोर्चाको लागि तत्काल सहमति हुन नसकेको कारणले कुनै पनि प्रकारको कार्यगत एकता वा गठबन्धनप्रति पूरै नै नकारात्मक दृष्टिकोण अपनाउनु सही हुने छैन भन्ने हाम्रो दृढ मत रहेको छ । त्यसैले न्यूनतम रूपमा जे जति सहमति कायम हुन सक्छ, त्यसलाई अगाडि बढाएर आन्दोलनलाई सशक्त रूप दिन पहल गर्नुपर्दछ भन्ने कुरामा हाम्रो जोड छ । विभिन्न पक्षसित एकसरो छलफल गरेर सहमति कायम गर्ने हाम्रो प्रयत्न भएको छ । अब सबैको संयुक्त बैठक गरेर जे जति सहमति भएको छ, त्यसका आधारमा सहमति भएका विषयमा संयुक्त वक्तव्य दिने वा आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउन हामीले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

    यस सिलसिलामा लुम्बिनीमा प्रदेश सरकार गठनका लागि नेकपा (मसाल), नेकपा र नेकपा (एमाले) का बिचमा भएको सहमतिबारे पनि हामीले केही प्रकाश हाल्न चाहन्छौँ । जहाँसम्म नेकपा (मसाल) को प्रश्न छ, त्यसले ता कुनै पनि चुनाव वा सरकार समेतमा भाग लिने गर्दैन, तैपनि हामीले आफ्नो वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाद्वारा त्यस प्रकारको कार्यविधिलाई समर्थन गर्ने नीति अपनाउँदै आएका छौँ र त्यसअनुसार नै अहिले हामीले लुम्बिनीमा वामपन्थी सरकार गठनका लागि पनि समर्थन दिने नीति अपनाएका छौँ । अहिले लुम्बिनीमा राष्ट्रिय जनमोर्चाले नेकपा र नेकपा (एमाले) बिचको गठबन्धनद्वारा बनेको सरकारलाई समर्थन गर्ने कुरा भएको छ तर स्वयम् राजमोले सरकारमा भाग लिने छैन । सरकारबाहेक विभिन्न संसदीय समिति वा विकासका कार्यक्रममा सामेल भएर काम गर्ने नीति अपनाउनछ । सरकारमा नजाने भएकाले त्यो प्रतिपक्षमा नै बस्नेछ ।

    लुम्बिनी प्रदेशमा सरकार गठनको सन्दर्भमा हाम्रो वैधानिक मोर्चाले त्यो सरकारलाई आफ्नो समर्थन दिए पनि नेकपा र एमालेसितका हाम्रा जुन सैद्धान्तिक वा राजनीतिक मतभेद छन्, तिनीहरूबारे हाम्रो पहिलेदेखिको अडान कायम रहनेछ र ती प्रश्नमा आवश्यकताअनुसार हाम्रा आलोचना अगाडि आउनेछन् । त्यसकारण त्यहाँको त्यो सरकारलाई समर्थन गर्नुको अर्थ उनीहरूसितका हाम्रा सबै मतभेद वा आलोचनालाई परित्याग गर्नु हुने छैन ।

    कतिपय पक्षले नेकपा वा एमालेसित हाम्रा जुन गम्भीर प्रकारका मतभेद छन्, त्यो अवस्थामा उनीहरूको सरकारलाई समर्थन नदिनु सही नभएको विचार पनि प्रकट गर्ने गरेका छन् । यस सन्दर्भमा हामी के कुरामा प्रष्ट हुनुपर्दछ भने संयुक्त मोर्चा, कार्यगत एकता वा गठबन्धन भनेको नै गम्भीर प्रकारका मतभेद वा सङ्घर्ष पनि भएका शक्तिसितको एकता हो । साम्राज्यवादी शक्तिसित गम्भीर र शत्रुतापूर्ण प्रकारका मतभेद वा सङ्घर्ष चलिरहेको अवस्थामा पनि स्टालिनले अमेरिका, ब्रिटेन वा फ्रान्ससित गठबन्धन गरेका थिए भने च्याङकाइसेकले हजारौँ कम्युनिस्टको हत्या गरेको अवस्थामा पनि माओले त्यससित कार्यगत एकता गरेर जापानका विरुद्ध लडेका थिए ।

    २०४६ साल, २०६२–६३ साल वा केपी शर्मा ओलीले दुई/दुई पल्ट संसद् विघटन गरेको बेलामा पनि हामीले विभिन्न वामपन्थी शक्ति, मधेसवादी र नेका समेतसित गठबन्धन वा पछि चुनावको बेलामा समेत तालमेल गरेका थियौँ, त्यो बेला ती सबैको चरित्र स्वच्छ छ भनेर होइन, देशको राजनीतिक आवश्यकताका कारणले नै हामीले उनीहरूसित गठबन्धन वा तालमेल गरेका थियौँ । अहिले पनि नेकपा वा एमालेको पूरै स्वच्छ र निष्कलङ्क चरित्र भएको भनेर उनीहरूको सरकारलाई समर्थन गर्ने निर्णय नगरेको कुरा प्रष्ट छ ।

    यो आम रूपमा थाहा भएको कुरा हो कि संयुक्त मोर्चा वा गठबन्धनको प्रश्नमा अहिले मात्र विरोधको स्वर उठ्ने गरेको होइन । जबजब पनि कम्युनिस्टले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीति अपनाउने गरेका छन्, स्वयम् वामपन्थी पङ्क्ति भित्रबाट पनि त्यसको विरोध गरेका थुप्रै उदाहरण पाइन्छन् । स्टालिनले हिटलरको आक्रमणको सामना गर्न साम्राज्यवादी शक्तिसित संयुक्त मोर्चाको नीति अपनाएको बेलामा पनि ट्राटस्कीले स्टालिनमाथि गद्दारीको आरोप लगाएका थिए भने माओमाथि पनि वाङमिनले गद्दारी गरेको आरोप लगाएका थिए । नेपालमा पनि २०४६ साल, २०६२–६३ साल वा पछि संसद् विघटनको बेलामा हामीले कार्यगत एकताको नीति अपनाउँदा पनि वामपन्थी पङ्क्ति भित्रबाट नै हाम्रो ठुलो आलोचना गरिएको थियो । प्रथमत: त्यस प्रकारको गठबन्धनको नीतिबाट प्रतिगामी शक्तिलाई धेरै नै नोक्सान पुग्दछ । त्यसैले त्यस प्रकारको नीतिमाथि उनीहरूले सधैँ कडा प्रहार गर्ने गर्दछन् र त्यसरी वामपन्थीका बिचमा फुट पारेर उनीहरूका विरुद्धको गठबन्धनलाई कमजोर पार्ने प्रयत्न गर्दछन् । त्योबाहेक वामपन्थी आन्दोलनभित्र पनि सङ्कीर्ण “वामपन्थी” सोचाइ देखा पर्ने गर्दछ । त्यो गैरमाक्र्सवादी–लेनिनवादी सोचाइ हो र त्यसले माक्र्सवादी–ललिनवादी सिद्धान्तसित मेल खाँदैन । त्यसैले त्यसले संयुक्त मोर्चाको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी स्प्रिटलाई ठिकसित बुझ्न सक्दैन । सबै कम्युनिस्टले संयुक्त मोर्चाको माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई सही प्रकारले बुझेर त्यसलाई ग्रहण गर्नुपर्दछ किनभने त्यस प्रकारको सही दृष्टिकोणबाट नै देशमा गम्भीर रूपमा देखा परेका प्रतिगमन वा साम्राज्यवाद विरुद्धको सङ्घर्षलाई सही र सशक्त प्रकारले अगाडि बढाउन सकिनेछ ।

    माथि हामीले जुन विषयका लागि कार्यगत एकता वा गठबन्धन गर्ने विषयमा जोड दिइरहेका छौँ, त्यसबारे सबै पक्षको सहमति नहुन पनि सक्दछ । हामीले जनताको महान् आन्दोलनद्वारा प्राप्त जुन उपलब्धिको कुरा गरिरहेका छौँ; जस्तै कि गणतन्त्र, त्यसबारे कतिपय पक्षको बेग्लाबेग्लै मत पनि हुन सक्दछ । साम्राज्यवादबाट सम्भावित खतराबारे पनि बेग्लाबेग्लै व्याख्या वा दृष्टिकोण हुन सक्दछन् । त्यसले गर्दा हाम्राबिचमा हुने सहमति वा गठबन्धनमा बेग्लाबेग्लै मत हुन सक्दछन् । त्यो अवस्थामा हाम्रो सुझाव यो छ कि जुन विषयमा जसका बिचमा सहमति छ, उनीहरूले बेग्लाबेग्लै सहमति गरेर पनि आफ्ना नीति वा आन्दोलनबारे विचार गर्न सक्दछन् अथवा पारस्परिक समझदारीका आधारमा बेग्लाबेग्लै पक्षले आपसमा मोर्चाको गठन पनि गर्न सक्दछन् वा सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक विषयमा पारस्परिक रूपमा सहमत हुने पक्षले आपसमा पार्टीएकताको प्रक्रिया पनि अगाडि बढाउन सक्दछन तर त्यस प्रकारका मतभेदका कारणले विभिन्न पक्षका बिचमा परस्परमा सहमति कायम भएका विषयमा कार्यगत एकताको निर्माणलाई बाधा पुग्न दिनुहुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ ।

    हाम्रो जोड यो कुरामा छ कि अन्य विषयमा हाम्राबिचमा जे जति मतभेद भए पनि अहिले देशका अगाडि देखा परेका साझा समस्याबारे सबै पक्षले अधिकतम सहमति कायम गरेर एकता वा गठबन्धन कायम गर्न संयुक्त रूपले आफ्ना नीति कार्यक्रम वा आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ अन्यथा आज देशमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय कारणले जुन खतरा बढ्दै गइरहेको छ, त्यसबाट पूरै कम्युनिस्ट आन्दोलन मात्र होइन, लोकतन्त्र र गणतन्त्र तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अस्तित्वसमेत समाप्त हुने खतरा छ । अहिलेका सबै वामपन्थी, प्रजातान्त्रिक र देशभक्त शक्तिहरू त्यस प्रकारको राष्ट्रिय क्षति हुन नदिन एकताबद्ध भएर अगाडि आउनुपर्ने आवश्यकतामा नेकपा (मसाल)ले विशेष जोड दिन्छ ।”

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग
    जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे
    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
    सम्बन्ध विच्छेदका मुद्दा उच्च
    पहिरोले विभिन्न सडक अवरुद्ध
    आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    भर्खरै

    • १.
      गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

    • २.
      जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

    • ३.
      नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    • ४.
      सम्बन्ध विच्छेदका मुद्दा उच्च

    • ५.
      पहिरोले विभिन्न सडक अवरुद्ध

    • ६.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ७.
      राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    • ८.
      अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.