काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
Advertisement
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १ सय ६० रुपैयाँ घटेर ४ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
