काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गर्ने व्यवस्था शुक्रबारदेखि लागू गरेको छ।
Advertisement
नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत मात्र कर लाग्नेछ भने उच्च आय समूहका लागि करका नयाँ दर पनि लागू गरिएको छ। सरकारले करदाताको करभार घटाउने उद्देश्यले आयकरको अधिकतम दरसमेत १० प्रतिशत बिन्दुले घटाएको जनाएको छ।