• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गोरखामा एकतिहाइ मात्र मल आपूर्ति


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • गोरखा । गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ । जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।

    Advertisement

    कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ । स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेका छन् ।

    “हामीले मल ल्याएर कोटा छुट्याइ पालिकालाई उपलब्ध गराउँछौँ, पालिकाले समूह र सहकारीमार्फत किसानलाई वितरण गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर केही स्थानमा सहकारीका सदस्यलाई मात्र मल वितरण गरिएको र अन्य किसानले मल नपाएको गुनासो पनि आएको छ ।”

    रोपाइँ, गोडमेल र बाला लाग्ने समयमा मलको आवश्यकता बढी हुने भएकाले आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

    गोरखा नगरपालिका–१० छेपेटारका कृषक विष्णु पाठकले पर्याप्त मल नपाउँदा खेती गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले तीन घण्टा लाइनमा बसेपछि पाँच किलो मात्र मल पाएको बताउनुभयो ।

    महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङका अनुसार छेपेटार टोलका करिब १५० कृषक परिवारलाई दामासाहीका आधारमा पाँच–पाँच किलो मल वितरण गरिएको हो । “१०० बोरा मल आएको भए सहज हुन्थ्यो, तर जम्मा १५ बोरा मात्र प्राप्त भयो”, उहाँले भन्नुभयो, “जति आएको थियो, सबैलाई पाँच–पाँच किलोका दरले बाँडेका छौँ ।”

    पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको करिब दुई सातासम्म पनि धेरै किसानले मल पाउन सकेका छैनन् । मागको तुलनामा आपूर्ति अत्यन्त न्यून भएकाले सबै किसानलाई वितरण गर्न नसकिएको वडा अध्यक्ष रिखीराज धौरालीले बताउनुभयो ।

    “हाम्रो वडामा चारदेखि ५०० किसान छन्, तर जम्मा ३२ बोरा मल आएको छ,” उहाँले भन्नुभयो, “दुई वटा सहकारीलाई १६–१६ बोरा उपलब्ध गराएका छौँ । उनीहरूले वितरण गरिरहेका छन् ।”

    यसवर्ष चैतमा लगाइएको धान मरुवा रोगका कारण नष्ट भएको र अहिले मल अभावले किसान थप समस्यामा परेको उहाँको भनाइ छ ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.