• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मसालको प्युठान जिल्ला समितिले सम्पन्न गर्‍यो मीनराजको श्रद्धाञ्जली सभा


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • जुमानसिंह केसी, खलङ्गा ।

    Advertisement

    नेकपा (मसाल) प्युठानको आयोजनामा जिल्ला सचिवालय सदस्य तथा स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मीनराज रानामगर (पार्टीमा टेक नाम अनन्त) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    २०८३ असार २५ गते बिहीबारका दिन राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    श्रद्धाञ्जली सभामा शोकमन्तव्य राख्दै राजमो प्रदेश अध्यक्ष खत्रीले मीनराजको मृत्युले समग्र पार्टीलाई क्षति पुगेको बताउनुभयो ।

    मीनराजको निधनबाट एउटा कर्मठ, असल र होनहार नेता गुमाएको बताउँदै भन्दै खत्रीले उहाँका सपना र अधुरा कार्य पूरा गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

    मीनराजको निधनले पार्टी मात्र होइन, समग्र नगरपालिका नै शोकमा परेको भन्दै शोकलाई शक्तिमा बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा, मसालको ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, राजमो दाङका अध्यक्ष गणेश आचार्य, नेपाली कङ्ग्रेस प्युठानका सभापति विष्ण्ॉकुमार गिरी, नेपाली कम्युनिस्ट पार्टीका नेता मेघराज जिसी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता जितामित्र सुनारले शोकमन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसा भण्डारीले उपप्रमुख रानाको सम्झनामा शालिक निर्माण गर्ने, साथै उहाँको नामबाट धनबाङ जाने बाटोको नामकरण गरिने जानकारी गराउनुभएको थियो ।

    मसालको प्युठान जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षता तथा नगर समितिका सचिव गङ्गाराम विसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो नेता इमानसिंह खड्काले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

    कार्यक्रममा मीनराजको जीवनी र उहाँले गर्नुभएका समग्र कामको बारेमा स्वर्गद्वारी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुधीराम पुनले चर्चा गर्नुभएको थियो ।

    सभामा विभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

    मीनराजले विद्यार्थी राजनीतिबाट अगाडि बढ्ने क्रममा पार्टी र विभिन्न सामाजिक गतिविधिमा सकृय हुँदै विकास निर्माणका कार्य गर्दै आउनुभएको थियोे । त्यस क्रममा उहाँले २०७४ सालमा स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर २ को वडाअध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै २०७९ सालको स्थानीय निर्वाचनबाट नगर उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

    उपप्रमुख मीनराजले दुर्गम बस्ती, गाउँठाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटोलगायतका कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको नगरपालिकाले जनाएको छ ।

    मीनराजको जन्म २०३१ फागुन १४ गते भएको थियो । गत असार १३ गते विकास निर्माणका कार्यक्रम अनुगमन गरी फर्केर धनबाङतर्फ फर्किंदा बाङ्गेसल्लामा गाडी दुर्घटना हुँदा उहाँको असामयिक निधन भएको थियोे ।

    मीनराजको परिवारमा श्रीमती र तीन छोराहरू रहेका छन् ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • २.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ३.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ४.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ५.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ६.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ७.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ८.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.