बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङ तथा राजमो बडीगाड–१ तुमडाँडा वडासमितिको आयोजनामा पवित्रादेवी थापाको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । २०८३ असार १६ गते मङ्गलबार तुमडाँडामा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले शोकमन्तव्य राख्नुभएको थियो उक्त कार्यक्रममा केन्द्रीय सदस्य गौरीश्वर पाण्डे र बेदीलाल सापकोटा, राजमो बागलुङका सचिव भीमलाल पोख्रेल, बडीगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजालगायत जिल्ला समिति, पालिका समिति र वडाका पार्टीकार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन अनिल गिरीले अध्यक्षता राजमो वडासमितिका अध्यक्ष यमबहादुर सलामीले गर्नुभएको थियो ।
स्मृतिशेष पवित्राको परिवारमा पति बमबहादुर थापासँगै सासू टीका थापा, छोराहरू रबिन थापा र दीपक थापा, बुहारीहरू सम्झना महतथापा र प्रगति थापालगायत हुनुहुन्छ ।
राजमो बाग्लुङका सदस्य, बडीगाड पालिका समितिका अध्यक्ष तथा बडीगाड–१ का वडाअध्यक्ष थापाकी ५५ वर्षीया श्रीमती पवित्राको गत असार ११ गते उपचारको क्रममा काठमाडौँ त्रिवि टिचिङ अस्पतालमा निधन भएको थियो । उहाँको जन्म २०२८ माघ ६ गते भएको थियो ।
