काठमाडौं, असार १५ । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशसहित विभिन्न क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ।
Advertisement
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।