• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुस्तावासीको गुनासो : सीमासम्बन्धी अभिव्यक्तिपछि असुरक्षा बढ्यो


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • बुटवल, १४ असार । दशकौँदेखि सीमा विवाद, नागरिकताविहीनता र राज्यको बेवास्ता झेल्दै आएका नवलपरासीको सुस्तावासीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप त्रास र असुरक्षा महसुस गर्नुपरेको बताएका छन्।

    Advertisement

    बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सीमा समस्या समाधान, नागरिकता वितरण र भूमि अतिक्रमण रोक्न सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्। सरकारबाट आफ्ना मागप्रति बेवास्ता भएको भन्दै उनीहरूले छिट्टै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने चेतावनी दिएका छन्।

    स्थानीयवासीका अनुसार सुस्ताका करिब १२० परिवार अझै नागरिकताविहीन छन्। नागरिकता नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य सरकारी सेवाबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ। साथै, नागरिकता अभावकै कारण भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्न सहज भएको उनीहरूको भनाइ छ।

    अभियानका प्रतिनिधिहरूले गत २९ जेठमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुस्ता क्षेत्रमा प्रवेश गरी स्थानीयलाई त्रसित बनाएको आरोप लगाएका छन्। उनीहरूले नारायणी नदी किनारमा भइरहेको कटान नियन्त्रण कार्यमा भारतीय पक्षले अवरोध गरेको तथा भारतीय वन विभागले तारबार निर्माण गरिरहेको दाबी गर्दै यसप्रति नेपाल सरकारले प्रभावकारी प्रतिक्रिया नजनाएको बताएका छन्।

    सुस्ता बचाउ अभियानका अनुसार सरकारी अभिलेखमा करिब ४० हजार ९८० हेक्टर नेपाली भूमि रहेको सुस्तामा हाल करिब ७ हजार हेक्टर मात्रै नेपालीको भोगचलनमा छ। अभियानले भूमि अतिक्रमण रोक्न, नागरिकता वितरण गर्न, जग्गाको नापजाँच गरी लालपुर्जा उपलब्ध गराउन, सीमा सुरक्षा सुदृढ बनाउन तथा आधारभूत सेवाको पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

    अभियानले सुस्ताको सीमा विवादको स्थायी समाधान र स्थानीय बासिन्दाको अधिकार संरक्षणका लागि विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.