• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जनकपुरमा बालविवाहले मानव अधिकारमा पार्ने प्रभावबारे प्रादेशिक परामर्श सम्पन्न


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • जनकपुरधाम, असार ५ । राष्ट्रिय मानव अधिकार आयोग र बालिका दुलही होइनन् ग्लोबल नेटवर्कको सहकार्यमा बालविवाहसम्बन्धी राष्ट्रिय जाँचबुझका क्रममा ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धी प्रादेशिक परामर्श कार्यक्रम’ मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रम आयोगका माननीय सदस्य डा. लीली थापाको अध्यक्षतामा तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय नागेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हंसपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख दुर्गा देवी मण्डल, दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासवान तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको विशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रमको प्रारम्भमा आयोगकी उपसचिव गीता कुमारी दाहालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभयो। त्यसपछि आयोगको मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनी केवटले बालविवाहसम्बन्धी राष्ट्रिय जाँचबुझको औचित्य, उद्देश्य तथा आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभयो। कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत मधु सुनामले गर्नुभएको थियो।

    परामर्श कार्यक्रममा मधेश प्रदेशका विषयगत मन्त्रालयहरू, मुख्य न्यायाधिवक्ताको कार्यालय, नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न निकायका प्रतिनिधि, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, बालकल्याण अधिकारी, नेपाल प्रहरी, कानुन व्यवसायी, गैरसरकारी संस्था, नागरिक समाज, किशोर–किशोरी सञ्जाल, बाल क्लब, विकास साझेदार संस्था, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

    सहभागीहरूले बालविवाहका कारण मानव अधिकार उपभोगमा पर्ने प्रभाव, यसको न्यूनीकरणका उपाय तथा नीति सुधारका विषयमा महत्वपूर्ण राय, सुझाव र धारणा प्रस्तुत गरेका थिए। धारणा सङ्कलन तथा छलफल सहजीकरण विज्ञ अनिता भट्टराईले गर्नुभएको थियो।

    आयोगले जनाएको अनुसार प्रादेशिक परामर्शअघि कलैया उपमहानगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकामा लक्षित समूहसँग छलफल तथा प्रमुख सूचनादातासँग अन्तर्वार्ता सञ्चालन गरी आवश्यक सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको थियो। ती निष्कर्षसमेत प्रादेशिक परामर्शमा समेटिएको आयोगले जनाएको छ।

    बालविवाहको अवस्थाबारे यथार्थ जानकारी सङ्कलन गर्दै त्यसले मानव अधिकार उपभोगमा पारेको प्रभावको मूल्याङ्कन गर्ने तथा प्रभावकारी नीतिगत सिफारिस तयार पार्ने उद्देश्यले आयोगले राष्ट्रिय जाँचबुझ प्रक्रिया अघि बढाएको जनाएको छ।

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.