• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

    Advertisement

    समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।

    दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगरसभा गरेका छैनन् । जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको छ ।

    नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाले आव २०८३र८४ का लागि रु एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको बताउनुभयो ।

    त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब रु ४२ करोडको बजेट प्रस्तुत गरेको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिनुभयो ।

    बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ ।

    गढीमाई नगरपालिका प्रमुख श्याम यादवले आव २०८३/८४ का लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ रु ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ रु १८ करोड ३२ लाख आठ हजार रहेको बताउनुभयो ।

    त्यसैगरी, बौधीमाई नगरपालिकाको १२औँ नगरसभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख प्रमिला देवीले आव २०८३/८४ का लागि रु ६३ करोड ९६ लाख चार हजारबराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

    वृन्दावन नगरपालिकाको ११औँ नगरसभामा आगामी आव २०८३/८४ का लागि रु ६० करोड ९२ लाख २५ हजार ८८१ को बजेट प्रस्तुत गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । राजपुर नगरपालिकाको १०औँ नगरसभा आगामी आव २०८३/८४ का लागि रु ५० करोड २१ लाख ९३ हजारको आयव्ययको विवरण प्रस्तुत गरियो ।

    माधव नारायण नगरपालिकाको ११औं नगरसभामा आव २०८३/८४ का लागि रु ५० करोड २९ लाख २० हजारको आयव्ययको बार्षिक अनुमान विवरण प्रस्तुत गरिएको छ ।

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.