• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नाटोमाथि इरानको आरोप


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • तेहरान, ११ असार । इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो ।

    Advertisement

    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताउनुभयो । उहाँले सार्वभौम राष्ट्रविरुद्ध गरिएको आक्रमणमा नाटोको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाउनुभयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा पर्याप्त समर्थन नगरेको भन्दै केही सहयोगी राष्ट्रहरूको आलोचना गरेपछि नाटो महासचिव रुटले अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा विभिन्न सदस्य राष्ट्रहरूले सहयोग गरेको बताउनुभएको थियो ।

    उहाँका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरूबाट ‘अपरेसन एपिक फ्युरी’ का क्रममा सयौँ अमेरिकी विमानले उडान भरेका थिए । रुटले इरानविरुद्धको सैन्य अभियानका लागि सहयोगी राष्ट्रहरूले आफ्ना आधार र पूर्वाधार उपलब्ध गराएको पनि उल्लेख गर्नुभएको थियो ।

    उहाँले रोमानियाले पनि युद्धका क्रममा केही व्यावसायिक उडान सीमित गरेर अमेरिकी ट्याङ्कर विमानका लागि विमानस्थलको सुविधा उपलब्ध गराएको बताउनुभएको थियो ।

    ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरुदेखि नै नाटो सदस्य राष्ट्रहरूसँगको सम्बन्धमा तनाव देखिएको छ । मध्यपूर्वमा सैन्य हस्तक्षेप आवश्यक छ कि छैन भन्ने विषयमा गठबन्धनभित्र मतभेद रहँदै आएको छ ।

    यसबीच इटालीले भने रुटको अभिव्यक्तिबाट आफूलाई अलग राखेको छ । इटालीको रक्षा मन्त्रालयले उहाँको भनाइले स्वीकृत उडानहरूको प्रकृतिबारे भ्रम सिर्जना गरेको जनाएको छ ।

    इटालीले अमेरिका–इटालीबीच विद्यमान सम्झौताअनुसार ‘अपरेसन एपिक फ्युरी’ का क्रममा केवल प्राविधिक तथा रसदसम्बन्धी अमेरिकी उडानहरूलाई मात्र अनुमति दिइएको स्पष्ट पारेको छ ।

    नाटो प्रमुखको अभिव्यक्तिपछि इरानले गठबन्धनमाथि प्रत्यक्ष आरोप लगाएसँगै इरान–पश्चिम सम्बन्धमा थप तनाव बढ्ने सङ्केत देखिएको छ ।

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.