• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • लन्डन, ११ असार (रासस/एपी) :

    Advertisement

    बेलायती राजतन्त्रमा पारदर्शिता अभिवृद्धि गर्ने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। यससँगै उहाँ व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।

    बेलायती सञ्चारमाध्यमका अनुसार बकिङ्घम दरबारले सार्वभौम अनुदान (Sovereign Grant) सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको व्यक्तिगत कर विवरण पनि सार्वजनिक गर्ने तयारी गरेको हो। सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका आधिकारिक गतिविधिका लागि आर्थिक सहयोग गर्दै आएका छन्। गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो, जसमा दरबारको नवीकरणसम्बन्धी खर्चसमेत समावेश गरिएको थियो।

    राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्दै आउनुभएको थियो। तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उहाँले पहिलो पटक राजाका रूपमा आफ्नो कर विवरण सार्वजनिक गर्न लाग्नुभएको हो। वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग सम्बन्धित विवादपछि राजतन्त्रका आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको माग बेलायतमा बढ्दै गएको छ। राजाका कान्छा भाइ प्रिन्स एन्ड्र्युलाई सार्वजनिक पदको दुरुपयोगसँग सम्बन्धित आरोपका कारण विवादमा तानिएको थियो। त्यसपछि उहाँलाई शाही जिम्मेवारीबाट अलग गरिएको थियो।

    दरबारनिकट स्रोतहरूका अनुसार राजा चार्ल्सले राजतन्त्रप्रति जनविश्वास अभिवृद्धि गर्ने तथा जवाफदेहिता सुदृढ बनाउने उद्देश्यले व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो। आधुनिक लोकतन्त्रमा राजतन्त्रको भूमिकामाथि उठिरहेका प्रश्नका बीच उहाँले लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र बढी उत्तरदायी बनाउने प्रयास गर्दै आउनुभएको छ।

    राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान गरिएको छ। बेलायतका धनी व्यक्तिहरूको सूचीमा उहाँ शीर्ष २५० भित्र पर्नुहुन्छ। कानुनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उहाँले आफ्नो निजी आम्दानीमा स्वेच्छाले कर तिर्दै आउनुभएको छ। सन् १९९३ मा विन्डसर क्यासलमा लागेको आगलागीपछि सार्वजनिक दबाब बढेपछि रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गर्नुभएको थियो।

    राजाले सार्वजनिक गर्ने विवरण निजी आम्दानीसँग सम्बन्धित हुने जनाइएको छ। उहाँको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डस्थित स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन्। बालमोरलमा करिब ५० हजार एकड जमिन रहेको छ भने स्यान्ड्रिङ्घम एस्टेट करिब २० हजार एकड क्षेत्रमा फैलिएको छ। यी दुवै सम्पत्तिका केही भाग सर्वसाधारणका लागि खुला छन्। त्यहाँबाट पर्यटन तथा कृषि गतिविधिमार्फत पनि आम्दानी हुने गरेको छ।

    यद्यपि सार्वभौम अनुदान तथा आधिकारिक जिम्मेवारी निर्वाहका लागि प्रयोग हुने आम्दानीमा राजाले कर तिर्नु पर्दैन। राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट प्राप्त हुन्छ। करिब एक लाख ३० हजार एकड क्षेत्रमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा गरेको जनाएको थियो।

    राजा चार्ल्सको व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.